• मंसिर ७, काठमाडौं ।डडेल्धुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १७ जनाको मृत्युु भएको छ भने २८ जना घाइते भएका छन् ।
    डडेल्धुराको अमरगढीस्थित उग्रतारा मन्दिरमा लागेको मेला हेरेर फर्कने क्रममा बिहीबार साँझ डा। केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवाखोलामा से१क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

    सो बस डोटीको शिखर नगरपालिकाको बान्डुरीसैनमा रहेको पिसजोन एकेडेमीको रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
    स्कुल बस भए पनि बसमा विद्यार्थी नरहेको जनाइएको छ । बस बान्डुरीसैनका स्थानीयले मेला हेर्न रिजर्भ गरेर ल्याएको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको उद्दार गरी डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।  बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…