काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र स्व.प्रकाश दाहालसंग विवाह गरेर तेस्री श्रीमतीबनेकी बर्तमान खानेपानी मन्त्री विना मगरको विवाह बर्तमान संविधान अनुसार ग्रैह्रकानुनी रहेको छ ।
प्रकाशको बर्षदिनको पूण्यतिथिमा निकालिएको स्मारिकामा दोस्री पत्नी सृजना त्रिपाठीबीच सम्बन्ध बिच्छेदको कानुनी प्रक्रिया नभई बिना मगरको प्रवेश प्रमण्ड परिवारमा भएको उल्लेख छ ।
अहिलेको कानुन अनुसार एउटी श्रीमतिसंग सम्वन्ध विच्छेद नभई दोस्रो विवाह गर्न पाइदैन । त्रिपाठीसँग प्रकाशका मावलीको सम्पर्कका कारण बिहे भएको खुुलाइएको पुस्तकमा बिनासँगको निकटता भने सगरमाथा आरोहणका क्रममा भएको उल्लेख छ । त्यसपछि प्रकाश(बिना बिहे भएको थियो ।
‘अनुशासनको कारबाहीको तयारी भएको थियो साथै सृजनासँग सम्बन्ध बिच्छेद गराउने तत्कालिन पार्टी हेडक्वार्टरमा निर्णय भएको थियो’, स्मृति ग्रन्थमा खुलाइएको छ,‘तर कानुनी रुपमा भइसकेको थिएन ।’
प्रभा बोगटीसँगको सम्बन्धमा खटपटपछि मागी बिहेमार्फत सृजनासँग सम्बन्ध जोडिएको ग्रन्थमा उल्लेख छ ।
सम्बन्ध बिच्छेद नभएपनि सृजना पोखरा माइतिमा बस्थिन् । २१ असार २०६९ सालमा प्रकाश र बिना विवाह बन्धनमा बाधिएका थिए ।
१ जेठमा बिनाले छोराको जन्म दिएकी थिइन । छोराको जन्म भइसक्दा पनि सम्बन्ध बिच्छेदको कानुनी प्रक्रिया नटुंगिँदै प्रकाशको निधन भएको पुस्तकमा उल्लेख छ ।
प्रकाशका जेठा पुत्र प्रसिद्ध दाहाल त्रिपाठी तिरका हुन् । तर, कतिपयले स्मृति ग्रन्थमा सृजनाको नाम छुटाएर बिनाको मात्रै राखिएको भन्दै आलोचना समेत गरेका छन् । अभियान टाइम्सका साथमा ।