• ओम आचार्य                     

    संविधान निर्माण भएपछी पहिलो पटक प्रतिनिधी सभाको चुनाव वाट निर्मित सरकार आएपछी नेपालको राजनीतिमा देखिएको सामाजिक अस्तव्यस्तता , खस्कदो अर्थ व्यवस्था र राजनीतिक असुध्दता वडेर गएको छ । अहिले मुलुकमा महिला हिंसा , महिला यातना , र वलत्कार पछी हत्या चौतर्फी रुपमा वडेर चरममा पुगेको छ । 

    अहिले भइरहेको बलात्कार हिंसा हत्या वाट सृर्जित अवस्थाले कोही पनि सुरक्षित नरहेको अवस्था को विरोध गर्दा , वलत्कारको विरोध गर्दा , हत्याको विरोध गर्दा  पनि विरोध गर्ने सुरक्षित नरहेको अवस्था कंचनपुरमा भएको घटना साछी छ। 

    हिंसाको विरोध गर्दा , हत्या हिंसा वन्द गर भन्दा हिंसा जन्माउने अभिव्यक्ति सरकार वाटै आउनु निःसन्देह राम्रो होइन । प्रधानमन्त्री के पी ओली  नेकपा पाटी का अध्यक्ष हुन तर प्रथम त उ हामी सवैका  प्रधान मन्त्री हुन हामी प्रधानमन्त्री को रुपमा जान्दछौं र उनवाट आएको अभिव्यक्ति पनि पाटी अध्यक्ष को रुपमा हैन प्रधानमन्त्री को  रुपमा लिन्छौ। प्रधानमन्त्री जस्तो गरिमामय , सम्माननीय पदमा वसेको व्याक्तीवाट शिष्ट शालिन भद्र रुपमा अभिव्यक्ति आउनु पर्छ र उन्को वाणी अभिव्यक्ति को स्वामित्व हामी सवैले ग्रहण गर्न 

    सकुम तर त्यस्तो हुन सकिरहेको छैन जस्तो अहिले पछिल्लो पटक को अभिव्यक्ति " यौटा अरिंगाल चलाउनु भयो भने सिंगै गोलों खनिन्छ तर हामी संग अरिंगाल जति पनि बुध्दी छ की छैन भन्दै एकजुट भएर प्रतिवाद" गर्ने भनाइ लाइ लिन सकिन्ंछ यस्ले हिंसा विरुध्द लागेको जनमत विरुध्द नै हिंसा भित्र्यांउने गरि दिएको हिंसा जन्मांउउने अभिव्यक्ति को रुपमा लिन सकिन्छ ? 

    यस्तै प्रकारको अभिव्यक्ति  राजा वीरेन्दको दुखद निधन पछी शाहा वंशिय परम्परा अनुसार राजगद्दी सम्हाल्नु भएका ज्ञानेन्द्र सरकारवाट पनि तत्कालिन समयमा " म वीरेन्द्र जस्तो टुलु टुलु हेरेर वस्दिन " यस्तो अभिव्यक्ति पनि आएकै हो र यो अभिव्यक्ति ले पनि तत्कालिन समयमा आम जनमानसमा भय सृजना गराउन खोजेकै हुन अहिले प्रधानमन्त्री के पी ओली वाट पनि यस्तै हिंसा जन्माउने अभिव्यक्ति हो भन्न सकिन्छ ।भर्खर मुलुक द्वन्दवाट मुक्त भएको अवस्थामा प्रधानमन्त्रि वाट आएको यो अभिव्यक्ति ले द्वन्द र मुडभेड आमन्त्रण गर्न खोजेको छ यस्ले ने क पा भित्रका साथिहरुमा पनि हिंसा भावना लाइ प्रेरित गर्छ र नेकपा वाहिर रहेका जन समुदाय पनि सम्भावित हिंसा को प्रतिरक्षाको कोलागी  तयार रहन पर्दा पनि त्यो तयारी पनि हिंसा नै हुन जाने अवस्था देखिन्छ र यो हिंसा जन्माउने अभिव्यक्ति मात्र हैन अहिलेको सरकार दुइ तिहाइ को सरकार को कार्य शैलि पनि हिंसा जन्माउने खालको आइरहेको छ । जस्तो गुप्तचर विभाग , राजस्वअनुसन्ंधान विभाग , लगायत माइती मन्डलामा सभा समारोह गर्न निषेधित छेत्र तोक्नु पनि हिंसा जन्माउने कार्य को रुपमा लिन सकिन्छ र हिंसा जन्माएको छ ।

    अहिले अधिनायकवाद को कुरा नेपालि काग्रेसले उठाएको छ यो दुइ तिहाइ ने क पा सरकारको अधिनायक प्रवृती ले मान्नुस हिंसा जन्माउने विज रोपि सकेको छ र कालान्तरमा यस्ले हिंसा लाइ आमन्त्रण गर्छ ।

    प्रेस जगत लाइ अंकुस लगाउने नीति अख़्तियार गर्नु , सुचना प्रवाहमा वन्देज गर्नु ले पनि प्रेस र सरकारमा द्वन्द निमत्यांउने र यस्ले कालान्तरमा हिंसा भित्र्याउने नै छ। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…