• झापा । गौरादह जेसीजको वर्ष २०१८ को जेसीज सप्ताह कार्यक्रम अन्तरगत शुक्रवार अन्तर माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजनासहित समापन भएको छ ।
    प्रतियोगितामा कञ्चनजंघा माध्यमिक विद्यालय प्रथम, गोल्डेन सनराईज माध्यमिक विद्यालय दोस्रो, विद्योदय माध्यमिक विद्यालय तेस्रो र प्रगति माध्यमिक विद्यालय सान्तवना भएका थिए । विजेता विदालयहरुलाई पुरस्कार वितरण गरिएको थियो । गौरादह सामुदायिक भवन अतिथि सदनमा भएको प्रतियोगिता अग्नी मनमाया स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो ।

    गौरादह जेसीज वर्ष २०१८ का अध्यक्ष हेमचन्द्र घिमिरे (राजु) को सभापतित्व तथा जेष्ठ नागरिक संघ गौरादहका नगर अध्यक्ष गोपालप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रज्जवल कलेजिएट एकेडेमीका प्रमुख सुरेशबहादुर पौडेल, शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष प्रकाश कार्की र प्रतिष्ठानका अध्यक्ष शरद खरेल लगायतले बोलेका थिए । कार्यक्रममा गौरादह जेसीजका कार्यकारी उपाध्यक्ष जेसी माधव कोइरालाले कार्यक्रमको औचित्य र उपाध्यक्ष जेसी बिनोद चुडालले जेसीस आस्था बाचन गरेका थिए । त्यसै गरी कार्यक्रममा कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक जेसी ताराकुमार श्रेष्ठले स्वागत गरेका थिए भने महासचिव जेसी एकराज घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।

    मंसिर ३ गतेबाट सुरु भएको गौरादह जेसीसको जेसीज सप्ताह अन्तरगत उद्घाटनका दिन सामुदायिक विद्यायल र संस्थागत विद्यालयका शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल खेल, ४ गते दुर्गादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण र ५ गते अन्तर महिला समुह हाजिरि जवाफ प्रतियोगित गरिएको जेसी प्रकाश भट्टराईले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…