• ओम आचार्य

    मोरंगको विराटनगर यस्तो शहर हो जस्ले नेपालको राजनीतिमा तरंग ल्याउने गर्छ ।विराटनगर लाइ कर्म भुमी वनाएर राष्ट्रीय राजनीतिमा सधै केन्द्र मा रहेको कोइराला परिवार मा कृष्ण प्रसाद कोइराला हुदै विपी कोइराला , मातृका कोइराला ,गिरिजा कोइराला , सुजता कोइराला हुदै शेखर कोइराला सम्म आइपुग्दा नेपालको राजनीतिमा आएको उतार चडाव मा एमाले र माओवादी को एकिकरण हुदै नेकपा र त्यस्को सर्वाधिक सक्तिशाली सरकार छ ।



    यस्तो विसम परिस्थिति मा त्यस्ता जुधारु र निर्णायक नेतृत्व दिन सक्ने नेताहरुको कर्म भुमि रहेको विराटनगर के गर्दै छ त?



    मोरंग मा ६ वटा निर्वाचन छेत्र रहेको मा एक निर्वाचन छेत्र वाहेक सवै निर्वाचन छेत्रमा पराजय भोग्नु पर्यो । केन्द्रीय सदस्य डा शेखर कोइराला , केन्द्रीय सदस्य महेश आचार्य , पुर्व पाटी सभापती अमृत अर्याल , वर्तमान सभापती डिग वहादुर लिम्वु समेत को पराजय निःसन्देह विराटनगर मोरंगमा नै कोइराला को लिगेसी /विरासत पकडेर वसेका लाइ यो हार निस्चय नै दुखदायी हो ।



    पराजयमा थुप्रै कारण छन र सवैको आंफ्नो आफ्नो तर्क ,आफ्नो आफ्नो विचार होला सवै भन्दा ठुलो हारको कारण राम्रो हैन हाम्रो व्याक्ती को छनौट नै हो यस्मा नेपाली काग्रेसको भविष्य हेरिएन आफ्नो भविस्य सुरछित गर्ने अभिप्रायले स्थानिय निकाय देखी प्रतिनिधी सभा सम्म को उम्मेदवार तय गरियो , परिणाम नत आफ्नो भविस्य सुरछित गर्न सके नत पाटी को नै भविस्य सुरछित रहयो ।



    गिरिजा प्रसाद कोइराला देखी शुसिल कोंइराला सम्म आउदा नेपाली काग्रेस को यस्तो दयनिय अवस्था थिंएन अहिले नेपाली काग्रेस याहा आइपुग्दा इतिहासमै दयनिय र निरिह अवस्थामा देखियो ।

    कसै कसै ले यो अवस्था मा वर्तमान कार्यसमिति लाइ दोष दिन्छन कसै कसैले स्पस्ट चुनावी रणनीतिको अभाव भन्छन कसैले भारत ल लगाएको आर्थिक नाकावन्दी त कसैले न्यायधिश मा लगाएको महाअभियोग त कसैले प्रहरी महानिरिक्षको नियुक्ति प्रकरणको कुरा गर्छन जे होस। यस्मा अर्को मुलभुत कुरा छ जुन अहिले सवैले स्विकार्दै आएका छन। नेपालि काग्रेस को गुट उपगुट नै मुल कारण हो गुट उपगुट त राजनितिक पाटीमा हुन्छ, यौटा संयुक्त परिवारमा त हुन्छ भने राजनीतिक पाटीमा नहुने कुरै भएन त्यो पनि लोकतन्त्रात्मक विश्वास राख्ने पाटीमा तर त्यो गुट ले काग्रेसको भविस्य वनाउने मा हुनु पर्थ्यो त्यसो भएन।



    अहिले नेपाली कांग्रेसी नेतृत्व तहमा रहेका तिन केइराला डा शशांक , सुजता र डा. शेखर कोइराला ले जे पी फउन्डेशन विराटनगरले आयोजना गरेको कार्यक्रममा यौटै मालामा आवध्द हुदै हामी एक छौ भन्ने सन्देस दिए, यस्तै सन्देस सुजता कोइराला को निवासमा पनि तिन कोइराला हामी एक छौ भन्ने सन्देस दिएका थिए ।



    सुजताको निवासमा एकताको सन्देस र विराटनगरको जेपीफाउन्डेसन दिएको सन्देस को यो विचको समय एकता पछी भएको कुनै सुधार मुखी ,कुनै रचनात्मक ,कुनै उपलव्धी मुलक परिणाम देखिएको छैन यो एकता ले नेपाली काग्रेस मा सृर्जनात्मक उपलव्धी मुलक नतिजा देखांउन सकेको छैन

    तिन कोइरालाको यो एकता को राजनीतिक उध्देस्य छ , राजनीतिमा केही अभिस्ट लिएर एकता गरिएको छ यो एकताले कांग्रेसमा संगठन को सुध्दी र सुधार को कुरा गरेको छ यदी त्यस्तो हुन नसकेर भोली यो यौटा परिवारको , दाजुभाइ दिदी वैनी को पारिवारिक एकतामा मात्रै रुपान्तरण नहोस ।हामी सवैले यही आसा गरौ कि यस्ले नेपाली काग्रेस मा विपी को विचार कृ्ष्ण प्रसाद को निष्ठा र गणेशमान को जस्तो आँट र गिरिजा प्रसाद कोइरालाको सहकार्य सहमती र एकता लाइ स्थापित गरोस ।



    अर्को कुरा तिन कोंइरालाहरु यसरी नै कार्यक्रममा हामी एक भयौं भन्ने सन्देस दिइरहनु अव आवस्यक छैन आवस्यक यो छ की यौटै मालामा आवध्द भएको माला नटुटोस र यो एकता ले आफ्नै पाटी भित्र फरक धार राख्ने लाइ मनोवैज्ञानिक डर दिने वोंधार्थको काम नगरोस ,अव हामी नेपाली काग्रेस भित्र सवैलाइ यसरी एक आपसमा जोडछौ एक आपसमा अपनत्व ल्याउछौ र कसैमा अव विभेद हुने छैन भन्ने फराकिलो सोच लिएर अगाडी वडे काग्रेसको भविस्य वन्छ र एकताको सार्थकता रहन्ंछ।



    कोइराला परिवारको एकतालाइ कसैले जमात खडा भयो या कसैले म विरुध्द को एकता या कसैले यो एकतामा हामी चै कता ? भन्ने प्रस्न कसैले उठाउन सक्छन यो प्रस्नको उचित समन उचित उपचार र समाधान गर्ने ज़िम्मा पनि तिन कोइरालाकै अभिभारा भित्र पर्छ यस्लाइ गम्भिरता पुर्वक लिएर कांग्रेसलाइ एक वनाउन सके आगमी निर्वाचनमा गुणात्मक सुधार गर्दै दुंइ तिहाइ नभएपनि बहुमतको को सरकार स्थापित गर्न सके त्यो एकताको सार्थकता रहन्छ र कोइराला परिवारको कर्म भुमीमा आएर गरेको यो एकताको सार्थकता देखिन्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…