• ईटहरी । डाबर नेपालले उत्पादन गरेको रियल फ्रुटीमा हिलोमा पाईने हिले माछाको जस्तो टाउको भएको किरा भेटिएको छ ।
    ईटहरी उपमहानगरपालिका २० तरहरामा रहेका पेगन रेष्टुरेण्टमा ग्राहकलाई खोलेर दिन खोज्दा रियल मिक्स फ्रुटमा उक्त बस्तु फेला परेको हो । होटलका संचालक प्रविण थापाले ग्राहकको अर्डरको आधारमा ठूलो साईजको रियल मिक्स फ्रुट खोलेर हेर्दा त्यस्तो वस्तु भेटिएका बताए ।
    घटना मंसिर ५ बुधबार बेलुकी हो । होटलमा आएका ग्राहकले जुस मागेपछि लेदो सहितको किरा भेटिएपछि होटलका संचालकले जानकारी गराए । तरहरा मै रहेको सगरमाथा सप्र्लायसबाट खरिद गरी ल्याएको फ्रुटीमा उक्त बस्तु भेटिएपछि तत्काल सप्र्लायसलाई खबर गर्दा पनि कुनै चासो नदिएको थापाले गुनासो गरेका छन ।

    ‘हामी सधै त्यही सप्र्लायसबाट सामान ल्याउँछौ, ‘यो फ्रुटी पनि त्यहीबाट खरिद गरेर ल्याएको हो मैले त्यहाको संचालकलाई खबर गरे भोली आँउछु भनेर अहिलेसम्म आँउनु भएको छैन, थापाले भने ।’ किरा सहित भेटिएको उक्त फ्रुटीको उत्पादन मिति २०१८ जुन ६ तारिख रहेको भए पनि अझै यसको मिति सकिन २ महिना बाँकी रहेको थापाले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…