• देबु बानियाँ
    झापा । जनकपुरमा हुन लागेको नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि ३ तहको १७ वटा पदमा ३९ जनाको उम्मेदवारी परेको छ । जस मध्ये सबै भन्दा कान्छो उम्मेदवारका रुपमा नुवाकोट जेसीजका रविन पोखरेल रहेका छन् । २४ वर्षिय पोखरेलले वर्ष २०१९ का लागि नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

    पोखरेल वर्ष २०१८ का राष्ट्रिय उपाध्यक्ष हुन् भने क्षेत्र ‘ग’ निरुपित उपाध्यक्ष हुन् । गत वर्ष भैरहवामा भएको महाधिवेशनमा ९७५ मत प्राप्त गर्दै तेस्रो स्थानमा आफुलाई सुरक्षित गरेका पोखरेलका लागि वर्ष २०१९ मा कार्यकारीणी पदमा सुरक्षित हुन्छन या हुँदैनन् त्यो त महाधिवेशनले नै छिनोफानो गर्नेछ । तर, उनले ३९ जना उम्मेदवारको कान्छो उम्मेदवारका रुपमा आफुलाई उभ्याएका छन् । सम्भवत जेसीज जीवनको छोटो समयमा आफ्नो शाखा हुँदै नेपाल जेसीजको माथिल्लो तहसम्म पुग्ने व्यक्ति पनि पोखरेल नै हुन् । सन २०१३ मा नुवाकोट जेसीजको साधारण सदस्यता लिएका पोखरेलले ६ वर्षको अन्तरालमा राष्ट्रिय कार्यकारीणी पदमा आफ्नो उम्मेदवारी राखेका छन् ।
    २०१४ मा नुवाकोट जेसीजको उपाध्यक्ष, २०१५ मा कोषाध्यक्ष हुँदै २०१६ मा २१ वर्षको उमेरमा शाखा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । २०१७ मा नेपाल जेसीजको अन्तराष्ट्रिय कार्यक्रम संयोजकको जिम्मेवारी पाएका उनले २०१८ मा राष्ट्रिय उपाध्यक्ष बनेका थिए । उनी २०१७ र २०१८ का लागि अन्तराष्ट्रि जेसीआई एसिया प्यासेफिक डेब्लोप्मेन्ट काउन्सिलको अफिसर समेत हुन् ।


    सानै उमेरमा राम्रो फड्को मारेका पोखरेलका लागि अन्तराष्ट्रिय जेसीआईको यात्रा समेत कठिन देखिन्दैन । राम्रो सम्भावना बोकेका उनी प्रतिभाशाली युवाको सुचीमा पर्छन । ४० वर्षको अवधीसम्म जेसीजभित्र रहने विधानलाई हेर्ने हो भने उनका लागि अझै १६ वर्ष बाँकी छ । जुन अवधीमा उनले चाहे र समयले साथ दियो भने अन्तराष्ट्रिय जेसीआईमा समेत प्रतिनित्वि गर्न सक्ने बाटो प्रशस्त खुल्ला छ । त्यसका लागि नेपाल जेसीजको ठूलो साथ र सहयोगको आवश्यकता रहन्छ ।

    २०१८ मा दुई पटक उनले बेष्ट अफिसरको अवार्ड समेत प्राप्त गरेका थिए । नेपाल जेसीजमा गरेको कार्यको मुल्याङकन गर्दै प्रदान गरिने उक्त अवार्ड पोखरेलले ‘मार्च’ र ‘मे’ महिनाको प्राप्त गर्न सफल भएका थिए ।

    पोखरेल नेपाल जेसीजको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रमा भ्रमण गरेका छन् । २०१७ मा भारतमा भएको इन्टरनेश्नल लिडरसिप समिट, २०१८ मा जापानको एसिया कन्फ्रेन्स, भारतको गोवमा भएको वल्र्ड कंग्रेस र जेसीआई इन्डियाको नालन्दामा सहभागि भएका छन् । उनी २०१७ मा जेसीआई नेपाल एकाडेमीको ग्रयाजुएट समेत हुन् भने हालै मात्र जेसीआइको सिनेटर समेत भएका छन् ।

    २०५१ साल भदौ १० गते बुबा बाबुराम पोखरेल र आमा तारा पोखरेलका एक्लो सन्तानका रुपमा काठमाडौँमा जन्मिएका रविनको पुख्र्याैली थलो भने स्याङ्जा हो । फर्निचर र घर डेकुरेशनको व्यवसाय गर्दै आएका पोखरेल अविवाहित हुन् । सरल, शालिन र स्पष्ट वक्ता पोखरेल मलिन स्वरमा सबैसँग हाँसेर मात्र बोल्ने स्वभावका व्यक्ति हुन् । आफुभन्दा अग्रजको आधार सम्मान गर्ने र सानालाई पनि आफु सरह व्यवहार गर्ने उनको विषेशता हो ।
    ग्लोबल कलेज इन्टरनेश्नलबाट एमविए गरेका पोखरेल नेपाल ल क्याम्पसमा एलएलबी अध्ययनरत छन् ।























सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…