• झापा । नेपाल जेसीजमा स्पष्ट वक्ता र हक्कि स्वभाव भएकी नारी हुन मञ्जरी घिमिरे । स्टेज चढेपछि माहोल नै तताउने क्षमता बोकेकी मञ्जरीले यो स्थान हासिल गर्न चानचुने संघर्षले पुगेको होइन । कक्षा १ देखि नै कहिलै पनि दोस्रो नभएकी उनी हरेक क्षेत्रमा पहिलो हुने दृढ विश्वासका साथ अघि बढिरहेकी छिन् । विद्यालय तहमा हुने हरेक अतिरिक्त क्रियाकलापमा सहभागि भएर आफुलाई निखार्दै आएकी मञ्जरीका लागि झुम्का जेसीज अझ अघि बढ्ने सारथी बन्यो ।
    उनी आफ्ना स्वग्रीय बुबाले भनेका ‘छोरी हारेर होइन जितेर आउनु, यहाँ छोरा र छोरी बराबरी हुन् प्रतिभा मात्र फरक हो’ कुरालाई सधैँ आत्मासाथ गर्दै आफुलाई यो समाजमा अग्रसर गराउँदै आएकी छिन् । नेपाल जेसीजले लेटाङमा आयोजना गरेको एरिया कन्फ्रेन्सको वक्तृत्वकला प्रतियोगितामा दोस्रो भएको दिनलाई उनी कहिलै विर्सन नसक्ने क्षणका रुपमा लिन्छिन् । तर, त्यसलाई पुरा गर्न उनले १ वर्ष काट्नु परेन । झुम्का कन्फ्रेन्समा अघिल्लो सालको पीडालाई विर्साउँदै पहिलो स्थान हाँसिल गरिन् । त्यसपछिका दिनमा उनको जेसीज यात्रा अझ दर्विलो र शसक्त बन्दै गयो ।
    टङ्की सिनवारी जेसीजकी पूर्व अध्यक्ष मञ्जरी जनकपुरमा हुन लागेको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि कार्यकारीणी उपाध्यक्ष पदको उम्मेदवार हुन् । अझ रमाइलो कुरा त के छ भने १० जना कार्यकारीणी उपाध्यक्ष पदका उम्मेदवारहरु मध्ये उनी मात्र एक्लो महिला उम्मेदवार हुन् । उनका लागि यो महाधिवेशन अवसर र चुनौती दुबै हुनेछ ।
    २००६ सालमा झुम्का जेसीजको साधारण सदस्यता लिइएकी मञ्जरी बसाइसराइको क्रममा विराटनगर गएपछि टङ्की सुनवरी जेसीजमा आबद्ध भएकी थिइन् । उनी झुम्का जेसीजको संस्थापक कोषाध्यक्ष समेत हुन् ।
    २००८ मा टङ्कीसिनवारी जेसीजमा प्रवेश गरेकी उनी २००९ मा उपाध्यक्ष, १०१० मा कार्यकारीणी उपाध्यक्ष, २०१२ मा महासचिव, २०१३ मा कानुनी सल्लाहकार, २०१५ मा कोषाध्यक्ष हुँदै २०१६ मा शाखाको नेतृत्व गरेकी थिइन् । २०१७ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष भएकी घिमिरेले वर्ष २०१९ का लागि राष्ट्रिय कार्यकारीणी पदमा उम्मेदवारी दिएकी छिन् । उनी नेपाल जेसीजबाट सञ्चालन भएका विभिन्न तालिममा प्रशिक्षकको रुपमा समेत सहभागि हुँदै आएकी छिन् ।
    यसो त उनी जेसीज बाहेक अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध रहेर कुशल नेतृत्व गरिसकेकी छिन् । नेपाल क्यान्सर सेवा समाजको संस्थापक अध्यक्ष, तालिम प्रतिष्ठानको संस्थापक अध्यक्ष तथा तालिम प्रशिक्षक, चाइन रेडियो नेपाली सेवाकी पहिलो महिला प्रस्तोता र रेडियोकर्मी हुन् । सामाजिक विषयमा एम.ए. गरेकी घिमिरे पेशाले प्लस टु को शिक्षक हुन् । उनी आफुले जेसीजमा अहिलेसम्म गरेको कामको मुल्याङ्कनको आधारमा जेसीज मित्रहरुको साथ र सहयोगले जित हाँसिल गर्ने बताउछिन् ।






















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…