• झापा । नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष अशोक शंकरले युथ डेब्लोमेन्ट प्रोजेक्ट नै आफ्नो जेसीज जीवनको मुख्य लक्ष्य रहेको बताउनु भएको छ ।
    नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षको प्रत्यासीका रुपमा रहनु भएका शंकरले रातोकलम अनलाइनसँगको कुराकानीका क्रममा शंकरले जेसीजमा आबद्ध भएपछि युवाहरुको आर्थिक क्षमतामा बृद्धि हुनु पर्ने बताउनु भयो । ‘युवाहरुको विकास नै मुख्य मिसन हो’ शंकरले भन्नु भयो–‘जेसीजमा आउने प्रत्येक व्यक्ति जेसीजको सम्पति हो । उनसले गर्ने हरेक व्यवहार र गतिविधि जेसीजसँग जोडिएको हुन्छ । यदि उ आर्थिक रुपमा सफल हुन सकेन भने यो समाजलाई परिवर्नन गर्न कुनै आधार हुँदैन । यसैले हरेक युवा व्यवसायिक र आत्मानिर्भर बन्न जरुरी छ ।’
    क्षेत्र ‘घ’ का निरुपित कार्यकारीणी उपाध्यक्ष समेत रहनु भएका शंकरले समाजलाई सकारात्मक बाटोमा लैजानका लागि पहिले आफु अत्यन्तै सकारात्मक बन्नु पर्ने कुरामा जोड दिनु भयो । युवाको आर्थिक दक्षतामा बृद्धि नभइ समाज परिवर्तन नहुने बताउँदै उहाँले व्यक्तिगत निखार ल्याउँदै अन्तराष्ट्रिय स्तरमा प्रभाव जमानउन सक्ने युवाका रुपमा अघि बढ्नु पर्ने बताउनु भयो । त्यसका लागि व्यवसायिक बन्न जरुरी रहेको उल्लेख गर्नु भयो ।
    चुनावको चयारी कस्तो छ त भन्ने प्रश्नमा शंकरले भन्नु भयो–‘प्रजातान्त्रिक प्रक्रियाबाट हुने निर्वाचनमा जसले बढी मत ल्याउँछ उसले नेतृत्व गर्नेछ । यसलाई सामान्य रुपमा लिएको छु । जेसीजकर्मीहरुको मुल्याङकनको आधारमा दिएको मत नै जितको आधार हुनेछ ।’
    व्यवसाय क्षेत्रमा क्रियाशिल पथरी जेसीजका संस्थापक अध्यक्ष समेत रहनु भएका शंकरले जेसीजका माध्यमबाट उद्यमशीलताको विकासका लागि शाखाको स्थापना गरेको बताउनु भयो । जसले आज सार्थकता पाएको उहाँको बुझाइ छ ।
    सन २०१४ वर्ष नेपाल जेसीजको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका शंकर भैरहवामा भएको महाधिवेशनबाट कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी पाउनु भएको थियो ।
    जेसीजमा रहेर विभिन्न देशहरुमा नेपाल जेसीजको प्रतिनिधित्व गर्दै सहभागि हुनु भएको छ । उहाँले जापान वल्र्ड कंग्रेस (२०१४) फिलिपिन्स, कोरिया, जर्मन, अस्ट्रेलियालगायतका देशमा सहभागिता जनाइसक्नु भएको छ ।
    जनकपुर जेसीजको आथित्यतामा हुने जनकपुर महाधिवेशनका लागि अध्यक्ष पदमा शंकरसहित इटहरी जेसीजका महेश पौडेल, बीसहजार जेसीजका अरुणेश्वर खनाल, काभ्रे जेसीजका विकास मानन्धर, जनकपुर जेसीजका मनिष रमन शाह र बाग्लुङ जेसीजका सुदिप राजभण्डारी मैदानमा उत्रिनु भएको छ ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…