• झापा । पथरी जेसीजको जेसीज सप्ताह शुक्रवारबाट सुरु भएको छ । जेसीज सप्ताहको अवसर पारेर अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘दुव्र्यसनी तथा त्यसको निवारण’ विषयक वक्तृत्वकला प्रतियोगितामा महेन्द्र माविका सुजन विष्ट प्रथम, पञ्चायत माविकी रिजु भट्टराई दोस्रो र सिंहबाहिनी माविका अभिशेक दंगाल तेस्रो भएका थिए । दमक जेसीजका निर्वतमान अध्यक्ष गोविन्द कट्टेलको प्रमुख आथित्यता तथा पथरी जेसीज वर्ष २०१८ का अध्यक्ष टिका विक्रम चौहान सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा विशेष अतिथि मातृ शाखा लेटाङ जेसीजका मनिष मगर रहेका थिए । सप्ताह मुल संयोजक दिपेश रिजाल रहेका छन् भने वक्तृत्वकलाको संयोजक सुवर्ण अधिकारी रहेका छन् । कार्यक्रमको सञ्चालन महासचिव टिएन तिम्सिनाले गरेका थिए ।
    यसैगरी दोस्रो दिन शनिवार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । पथरी जेसीज र लाइन्स योङ हार्ट पथरी, वल्र्ड लिङ र पथरी उद्योग बाणिज्य संघबीच भएको प्रतियोगितामा पथरी योङ हार्टको टिम विजेता बनेको छ ।
    सप्ताह अन्तरगत आइतवार वृक्षारोपण, सोमवार स्लो बाइक रेश, मंगलवार भागिरथ माविका गरिव तथा जेहेन्दार विद्यार्र्थीलाई निःशुल्क कपडा वितरण, बुधवार पथरी बहुमुखी क्याम्पसमा डस्विन वितरण, मोटिभेसन स्पीच कार्यक्रम गरी सम्पन्न हुने छ । मोटिभेसनको तालिम पथरी जेसीजका संस्थापक अध्यक्ष, वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष एवम् वर्ष २०१९ का अध्यक्ष पदका उम्मेदवार अशोक शंकरले दिने अध्यक्ष चौहानले बताए । सप्ताहका लागि अनु राई, प्रदिप फुयाल, सुमन कुरुङमाङ र टेकेन लिवाङ लिम्बूलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…