• देबु बानियाँ
    झापा । नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका उप निर्देशक सिनेटर मनिष रमन शाहले जनकपुर महाधिवेशन ऐतिहासिक महाधिवेशन बनाउने तयारीमा जुटेको बताउनु भएको छ ।
    पुष ७ गतेबाट हुने महाधिवेशनका बारेमा रातोकलम अनलाइनसँग कुराकानी गर्दै उप निर्देशक शाहले देशभरका जेसीज मित्रहरु भेला हुने यो महाधिवशेनलाई ऐतिहासिक महाधिवेशन बनाउन लागि परेको बताउनु भयो । उहाँले जनकपुरबासीको सबै ध्यान महाधिवेशनमा परेको हुँदा यसलाई सफल बनाउनु हामी सबैको उत्तिकै जिम्मेवारी रहेको बताउनु भयो । ‘हाम्रो मुख्य लक्ष्य भनेको नै महाधिवेशन कसरी सफल र उत्कृष्ट बनाउने भन्ने हो’ जनकपुर जेसीजका पूर्व अध्यक्ष समेत रहनु भएका उप निर्देशक शाहले भन्नु भयो–‘यस अघि ३ पटक महाधिवेशन गरिसकेको यस शाखाले यो महाधिवेशन अझ उत्कृष्ट बनाउनु हाम्रो मुख्य उदेश्य हो ।’ यस अघि सन १९७७ (चौथो) सन् १९९३ (बिसौं ) जनकपुरले सन् २००३ मा (तिसौँ) राष्ट्रिय महाधिवेशन गरिसकेको जनकपुर जेसीजले चौंथो पटक यस वर्ष २०१८ मा ४५ औं राष्ट्रिय महाधिवेशन गर्ने मौका पाएको हो ।
    संघियता स्थापित भइसके पछि पहिलो पटक कुनै पनि प्रादेशिक राजधानीमा पहिलो महाधिवेशन रहेकोले पनि आफैमा ऐतिहासिक रहेको उहाँले बताउनु भयो । ‘यो महाधिवेशन सम्बन्ध स्थापित गर्ने महाधिवेशनका रुपमा रहने छ’ शाहले भन्नु भयो–‘प्रदेश नम्बर २ मा पनि राष्ट्रिय भावनमा ओतप्रोत भएका व्यक्तिहरुको बसोबास रहेको क्षेत्र हो । यो महाधिवेशनमा सहभागि हुन आउने आम मानिसहरुका लागि यहाँका व्यक्तिहरुले दर्साउने सदभावले प्रमाणित गर्नेछ । हामी मधेश र पहाड भनेर दुई चिरामा राखेको कुण्ठित मनभावनलाई चिर्ने चाहान्छौँ । पूर्व मेचीदेखि पश्चिम कालीसम्मका सबै नेपालीको मनहरुलाई जोड्न चाहान्छौँ । ’ साथै उहाँले यहाँ भएको महाधिवेशनको संस्कार, यहाँको बसाई, स्थानीयहरुसँगको भेटघाट र सहकार्यबाट राष्ट्रियता यहाँ पनि अरु ठाउँ भन्दा कम नरहेको प्रमाणित हुने छ र ति कुराहरुलाई महाधिवेशन सकिएपछि जेसीज युवाहरुले आ आफ्नो क्षेत्रमा पक्कै पनि प्रचार प्रसार गर्नेछन् र त्यसले सम्पूर्ण नेपालीहरुको मन आपसमा जोडन ठूलो् टेवा पुग्ने बताउनु भयो ।
    महाधिवेशनका लागि शाखाले विभिन्न उप समितिहरु निर्माण गरी कामलाई तिब्र गतिमा अघि बढाइरहेको छ । देशभरमा रहेका १ सय ४१ शाखाका दुई हजार पाँच सयभन्दा बढी जेसीजकर्मीहरुको उपस्थिति हुने साहले बताउनु भयो । कार्यक्रमको तयारीका लागि विभिन्न १२ वटा उप–समिति गठन गरिएको छ । पौराणिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र जनकपुरमा हुन लागेको यो महाधिवेशन कस्तो बन्ने हो भन्ने सबैमा कौतुहल्ताको विषय बनेको छ । उहाँले महाधिवेशनमा सहभागि हुन आउने जेसीजकर्मीहरुलाई कुनै पनि कुरामा कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।
    नेपाल जेसीजका लागि राष्ट्रिय अध्यक्षको दौडमा समेत रहनु भएका सिनेटर शाहले महाधिवेशन सफल भएमा आफ्नो अध्यक्ष पद समेत सुरक्षित हुने बताउनु भयो ।
    २००५ मा जनकपुर जेसीजको साधारण सदस्य लिनु भएका शाहले त्यसयता उहाँ निरन्तर जेसीजमा आबद्ध रहेर काम गर्नु भएको छ । २००६ शाखाको उपाध्यक्ष, २००७ कार्यकारीणी उपाध्यक्ष, २००८ महासचिव, २०१० कोषाध्यक्षको जिम्मेवारी लिनु भएको उहाँले
    २०११ मा शाखाको नेतृत्व गर्नु भयो । २०१३ नेपाल जेसीजको बोर्डको सल्लाहकार, २०१४ उत्कृष्ट युवा छनोट समितिको सभापति, २०१५ कार्यकारीणी उपाध्यक्ष, २०१६ मा राष्ट्रिय कोषाध्यक्ष, २०१७ मा राष्ट्रिय अध्यक्ष सल्लाहकार र वर्तमानमा पनि राष्ट्रिय अध्यक्ष सल्लाहकारमा रहेर आफ्नो कार्यकुशलता प्रर्दशन गरिसक्नु भएको छ ।
    आफ्नो शाखाले महाधिवेशन गर्ने तयारी गरीरहेको अवस्थामा महाधिवेशन जति सफल र उत्कृष्ट हुन्छ त्यति नै आफ्नो उम्मेदवारी दरो हुने बताउँदै अहिले महाधिवेशन केन्द्रीत रहेको उहाँले बताउनु भयो ।






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…