• देबु बानियाँ
    झापा । विराटनगर जेसीजको वर्ष २०१८ को ‘जेसीज सप्ताह’ सुरु भएको छ । सप्ताहको उद्घाटनको अवसरमा विराटनगर महानगरपालिकाका मेयर, उपमेयर, १९ वटा वडाका वडा अध्यक्ष र वडा सदस्यहरुलाई एकै थलोमा भेला पारी ‘बैठक सञ्चालन विधि’ सम्बन्धि तालिमको आयोजना गरी सुरु गरिएको छ । सप्ताहको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका मेयर भीम पराजुलीले गर्नु भएको थियो । सहभागिहरुलाई नेपाल जेसीजका पूर्व अध्यक्ष एवम् प्रशिक्षक सिनेटर राजविमल श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।
    शाखा अध्यक्ष राजेन्द्र थपलियाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा महानगरकी उपमयेर इन्दिरा कार्की, शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१८ का उपाध्यक्ष श्याम सुन्दर पौडेल (मिलन), पूर्व अध्यक्षहरु हरिबहादुर श्रेष्ठ, इन्द्र खेतान, गोपाल गुप्तालगायतको सहभागिता रहेको कार्यक्रम संयोजक सिदार्थ शाहले बताउनु भयो । कार्यक्रमको सञ्चालन महासचिव देवचन्द्र घिमिरे गर्नु भएको थियो ।
    सप्ताह अन्तरगत आइतवार बिहान न्यायिक अदालत सम्बन्धि अन्तक्रिया, सोमवार फुटसल गेम, मंगलवार प्रेजेन्टेसन तालिम, बुधवार निःशुल्क दन्त परिक्षण, बिहिबार वक्तृत्वकला प्रतियोगिता र शुक्रवार जेसीज सम्मानसहित सप्ताहको समापन गरिने मुल सप्ताह संयोजक सेवक बजगाईले बताउनु भयो ।













    पूर्व अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१८ का उपाध्यक्ष श्याम सुन्दर पौडेल (मिलन), हरिबहादुर श्रेष्ठ, इन्द्र खेपाङ, गोपाल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…