• देबु बानियाँ
    झापा । रामनगर जेसीज सुनवलको यो वर्षको जेसीज सप्ताह जारी रहेको छ । मंसिर ६ गतेबाट जगन्नाथ माविको प्राङगणमा योग शिविरबा सुरु भएको सप्ताहको तेस्रो दिन पनि विविध कार्यक्रम सम्पन्न भएका छन् । सप्ताहको उद्घाटन सुनवल नगरपालिकाका मेयर ददिराम अर्यालले गरेका थिए । शाखा अध्यक्ष भोजराज चापागाईको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष यामलाल पाण्डेको सहभागिता रहेको थियो । दिउँसो सुनवलका विद्यासागर मावि, वसन्तपुर मावि, रामनगर एकाडेमी, वाक्वाणी माविमा गएर बाल संस्कार, आहार बिहार, विचार, संस्कार र जडीबुटी सम्बन्धि प्रशिक्षण दिइएको थियो । साँझ गायक हिरालाल कंडेलबाट सांगितिक भजनको आयोजना गरिएको थियो ।
    शनिवार देश निर्माणका लागि पूर्ण जिम्मेवारी विषयमा तालिमको आयोजना गरिएको थियो । विदुर पौडेलले तालिमको सहजीकरण गरेका थिए ।
    डोलराज भण्डारीले उद्घाटन गरेको तालिममा तालिममा ४० जना सहभागि रहेका शाखाकी महासचिव हिमा न्यौपानेले बताइन् । महासचिव न्यौपानेका अनुसार आइतवार विभिन्न सघ संस्थाका प्रतिनिधिलाई तालिम र सोमवार नवलपरासी सुस्ता पश्चिममा रहेका ७ वटै स्थानीय निकायमा एकै पटक जिम्मेवारीका साथ नेतृत्व विषयमा वक्तृत्वकला प्रतियोगिता, मंगलवार वृक्षारोपण र बुधवार प्रकरण सेमीनारसहित सप्ताहको समापन हुनेछ ।


























सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…