• झापा । बुटवल जेसीजले सञ्चालन गरेको जेसीआई बुटवल एकेडेमी शनिबार सम्पन्न भएको छ । कार्तिक २९ गतेबाट शुरु भएको कार्यगत तालिममा नेतृत्व र व्यक्तित्व विकासका सम्बन्धमा प्रशिक्षण दिईएको थियो । एकेडेमीबाट बुटवलका १० वटा कलेजबाट छानिएका ३९ जना युवाहरु दिक्षित भएका छन् ।
    एकेडेमीका प्रमुख प्रशिक्षक रमेश अर्याल, प्रशिक्षकहरु राजेन्द्र बहादुर जि. सी. र दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो ।
    दिक्षित समारोहमा बोल्दै नेपाल जेसीजका अध्यक्ष श्रीधर बस्यालले राष्ट्रको सपना पूरा गर्नका लागि पहिले हरेक व्यक्तिले आफ्ना सपनाहरु पूरा गर्ने वातावरणको सृजना हुनुपर्नेमा जोड दिनुभयो ।
    बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले युवाहरुको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउदै यसलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा बुटवल जेसीजका महासचिव चन्द्रमणी भुषाल, पूर्व अध्यक्ष गोपाल प्रसाद पाण्डे, अध्यक्ष सल्लाहकार राजीव खनाल, पब्लिक स्पिकर संयोजक आविष्कार खनाल,सिदार्थनगर जेसीजका अध्यक्ष सिनेटर कमल भण्डारी प्रशिक्षर्थी सरस्वती शर्मा लगायतले बोल्नुभएको थियो ।
    यसैबीच, एकेडेमी अन्तरगत सञ्चालित पब्लिक स्पिकर बुटवल २०१८ को उपाधि एम्स कलेजका सृजन मल्लले हात पारेका छन् । त्यस्तै दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी, तृतीय स्थान क्षितिज कलेजका प्रोमिस बान्तवा राई तथा अक्सफोर्ड कलेजका संगम न्यौपाने र मणिमुकुन्द कलेजका सविन पाठकले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
    सोही समारोहमा विभिन्न विद्यामा उत्कृष्ट हुने प्रशिक्षर्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
    यसअघि आज बिहान पश्चिय क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक सचेतना अन्तरगत हर्न निषेध ¥याली निलकालिएको थियो ।
    त्यस्तै, बुटवल जेसीजका पूर्व अध्यक्षहरुसँग भएको अन्तरक्रिया कार्यक्रम अन्तरगत नवराज श्रेष्ठ र प्रदिप उदयसँग एकेडेमीका सहभागीहरुले आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममको सञ्चालन पूर्व अध्यक्ष राजु पौडेलले गर्नुभएको थियो ।

































































सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…