• लेटाङ । शनिवार साँझ मोरङ वारंगीको चिसो मौषम एकाएक ताँतियो, जव स्टेजमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई तक्मे प्रमुख आकर्षकका रुपमा उक्लिए । वराह मेलाको अवसरमा दोस्रो वारंगी साँगीतिक कार्यक्रममा तक्मेले दर्शकलाई हाँसोको क्यापसुल खुवाए झै बनाए ।
    हौ लाखे है , सेवारो है सेवारो भन्दा उपस्थित दर्शकदिर्घाबाट  तालि र हुटिङले माहौल झन तातियो । त्यसबेला दर्शकले पहाडको चिसो र सिरेटोको कुनै प्रवाह गरेनन् । तक्मे बुढा बनेर स्टेज उक्लिएका विल्सनले बिभिन्न किस्हाहरु सुनाएर हँसाएको हँसाइ बनाए ।
    ‘सुन साईली साईली परदेश बाट म आउँला ४० कटेसी रमाउला , यो गीत कस्ले लेखेको हो, विल्सनले भने,‘ अनि छुट्टीमा आउँदा चाँहि म कहाँ सुत्नु । छुट्टी हुँदैन,रमाउनु परेन । दर्शकहरुमा हाँसोको फोहोरा छुटयो । उनले मोवाईलले नजिकको सम्बन्धहरु टाँढा र टाँढाका सम्बन्ध नजिक बनाएको भन्दै व्यङ्ग गरे । यि नजिकहरु हुनेहरु बोल्दैनन्, तर फेसबुक र फोनबाट टाँढा टाढाको खाना खायौ,लब भन्दै फोनमा झुण्डिन्छन् । उनले मायाले संसार थाम्दैन भन्दै माहौल झन आकर्षक बनाए । मायाले संसार थाम्ने भए बिहे गरेको एक महिनामा किन बिदेश जानु पर्थियो,उनले भने ।
    तक्मे बुढाबाट स्टेजबाट विदा भएपछि उनी विल्सन बिक्रम बनेर आए, त्यसपछि उनले बिभिन्न हाँस्य खुराक पस्किए । बिभिन्न गीतमा आकर्षक नृत्य गरेर दर्शक दिर्घालाई भरपुर मनोरञ्जन दिलाए ।
    कार्यक्रममा चर्चित लोकगायक महेश बुढाथोकीले पनि साँगीतिक माहौल तताए । उनले होस गर है सोल्टीनी, कति राम्रो बत्तिसै दन्त लगायत गीत पस्किएर दर्शक दिर्घालाई छमछमी नचाँए । उनको गीतमा कार्यक्रममा प्रमुख अतिथी साँसद उपेन्द्र घिमिरे लगायत छमछमी नचाएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि आकर्षक प्रस्तुपि रहेको थियो । कार्यक्रम संयोजक विष्णुकुमार लिम्बूले कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद प्रकट गरे ।

     

     





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…