विवेक मिश्र
बिदेशको धेरै कमाईले भन्दा स्वदेशको थोरै कमाईले नै सन्तुष्टि मिल्छ भनेर स्वदेशमै केहि गर्न फर्कीएका एक युवा हुन् सुवास ढकाल । मोरङ बेलवारी ११ लक्ष्मीमार्गमा स्थायी बसोवास गरिरहेका सुवास विदेशमा कमाएर जम्मा भएको पुँजी रकमबाट आफ्नो गाँउमै व्यवसाय गर्न भनी अरवको लाखौँ रुपैयालाई चटक्कै छाडेर स्वदेश आएका हुन् ।
२० वर्षको कलीलो उमेरमै कतारको मरुभुमिमा २०६५ सालमा गएको सुवास सानै उमेरदेखी नै सारै लगनशिल र मिहेनती भनेर आफ्नो परिचय बनाई सकेका थिए । २ वर्ष लामो कतार बसाईमा खासै राम्रो ंकमाई नभएपछि त्यसपछि साउदी जाने मनसाय बनाए । साउदिको डोमिनोस पिज्जा भन्ने कम्
पनिमा भिजा लाग्न सफल भएपछि उनि त्यसतर्फ लागे । “त्यँहा सुरुमा केहि असहज भएता पनि पछिल्लो समयमा निक्कै राम्रो क
माइ थियो” सुवास बताउछन् । त्यस ठाँउको कमाई सम्झदा त्यत्ति सजीलै छोडेर आउनु मन मान्ने अवश्था थिएन उनि बताउछन् । तर पैसा मात्र ठुलो कुरा थिएन । गाँउघर, परीवार, साथीभाई र सामाजीक दायीत्व अझ बढि महत्वपुर्ण विषय थियो । “दश वर्ष विदेशी भुमिलाई पसिना दिए अव बाँकि उमेर स्वदेशलाई पसिना दिन्छु ” निन्कै मर्माहित हुदै यसो भने ।
हाल सुवास आफ्नै ठाँउ ल
क्ष्मीमार्गमा चन्द्रदेवी ईन्टरप्राईजेज नामको टायल मार्वल, सेनटरी आईटमको आकर्षक पसल सञ्चालन गरेका छन् । आफुले कमाएको लगानी आफ्नै ठाँउमा गर्नाले मात्र आफ्नो ठाँउ बन्छ । विदेशको जत्तिको कमाई नभएता पनि सन्तुष्टी चै धेरै गुणा बढि मिलेको अनुभुति गरेको छु । सुवास जस्ता सवै युवा जो विदेशी भुमिमा रगत र पसिना बगाएर जम्मा भएको पुँजी रकम आ आफ्नै ठाँउमा व्यवसायीक, कृषी तथा औधोगिक क्षेत्रमा लगानी गर्ने हो भने भोलिका दिनमा लाखौँ युवाले बिदेशमा पसिना बगाउनु पर्दैन ।