• मंसिर ९, २०७५




    क्वालालम्पुर — मलेसियामा विदेशी कामदारहरुको सामाजिक सुरक्षाको जिम्मा मानव संशाधन मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा संगठन (सोक्सो) लाई दिइएको छ ।
    उसले यसअघि स्थानीय नागरिकका लागिमात्र सामाजिक सुरक्षासम्बन्धी सेवा उपलब्ध गराउँदै आएको थियो । सोक्सो मानव संशाधन मन्त्रालयले स्थापना गरेको संस्थागत अंग हो ।

    मलेसियाली मानव संशाधनमन्त्री एम कुला गेसरनका अनुसार मन्त्रिपरिषद‍्‌को आगामी वर्षदेखि लागू हुने गरी विदेशी कामदारहरुको सामाजिक सुरक्षासम्बन्धी सबै सेवा प्रदान गर्न उक्त संस्थाले प्रदान गर्नेछ । सोक्सोले रोजगारीका अवधिमा विदेशी कामदारमा आईपर्नसक्ने दुर्घटनाका सवालमा सामाजिक सुरक्षासम्बन्धी कामदारको स्वास्थ्य, क्षतिपूर्ति तथा राहत योजनाअन्तर्गतका सेवा प्रदान गर्नेछ ।

    मलेसियाले विदेशी कामदारलाई स्वास्थ्य, सामाजिक सुरक्षालगायत विषयमा सम्बन्धित सेवाहरु एकै संस्थामार्फत एकीकृत सेवा प्रदान गर्ने तयारी गरिरहेको बताइएको छ । मन्त्री कुलाका अनुसार अबदेखि रोजगारदाताहरुले विदेशी कामदार भर्ना गर्दा उनीहरुलाई सोक्सोअन्तर्गत अनिवार्य दर्ता गर्नुपर्नेछ ।

    यो योजना पूर्णरुपमा लागू भएमा हजारौं नेपालीले सेवा लिन पाउनेछन् । यसअघि कामदारको सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न भिन्नाभिन्नै कम्पनीहरुलाई जिम्मा दिइएको थियो । विदेशी कामदारहरुले आगामी जनवरीदेखि सबै सेवा सोक्सोअन्तर्गत लिनुपर्नेछ । यो योजनाअन्तर्गत कामदारले दुर्घटनाको क्षतिपूर्ति पाउनेछन् । यसअघि विदेशी कामदारहरुलाई कामदार क्षतिपूर्ति योजना (वर्करस कम्पेनसेसन स्किम) योजनाअनुसारका सेवाहरु छुट्टै कम्पनीलाई जिम्मा दिइएको थियो ।

    मन्त्री कुलाका अनुसार विदेशी कामदारहरुको सुरक्षा एवं कल्याणका कामहरु प्रदान गर्न एकीकृत सेवा केन्द्रका रुपमा सोक्सोले नै काम गर्नसक्ने पनि बताए । तर, यसबारे सबै सरोकारवालासँग छलफल गरिने उनले बताए । हाल विदेशी कामदारको स्वास्थ्य परीक्षण फोमेमा नामक कम्पनीले गर्दै आएको छ ।









सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…