• देबु बानियाँ
    मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रजत जयन्ती आइतवारबाट सुरु भएको छ ।
    संस्थाको सभाहलमा भएको २३ औँ वार्षिक साधारणसभाबाट प्रतिनिधि सभाका सांसद राम कार्कीले रजत जयन्ती स्तम्भको उद्घाटन गर्दै रजत वर्षको सुरुवात गरेका थिए । २०५० सालमा संस्थापक अध्यक्ष स्वग्रीय पदमबहादुर निरौलाको नेतृत्वमा काँकरभिट्टा खानेपानीको स्थापना गरिएको थियो । तत्कालिन अवस्थामा काँकरभिट्टा क्षेत्रका ७ सय घरधुरीलाई लक्षित गरि विस्तार गरिएको यो संस्थाले २५ वर्षको अवधीमा ५ हजार ५ सयको हाराहारीमा घरधुरीलाई पानी वितरण गरिरहेको छ ।
    हाल निन्दा खोला पूर्व मेचीनगरको ७ नम्बर वडा देखि १३ नम्बर वडा तथा मेचीनगर ३ का केही उपभोक्ताहरु माझ पानी वितरण गरिरहेको छ ।
    संस्थाले रजत वर्षको अवसर पारेर संस्थाका संस्थापक अध्यक्षदेखि उपभोक्तासम्मलाई सम्मान गरेको छ ।
    संस्थापक अध्यक्ष पदमबहादुर निरौलालाई मरणोप्रान्त सम्मान, पूर्व अध्यक्षहरु गोपाल तामाङ, बुद्धिनाथ पौडेल, भवानी केरुङ र निवर्तमान अध्यक्ष सूर्यप्रकाश उप्रेतीलाई ताम्रा पत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका थिए । यसैगरी, स्थापना समयदेखि निरन्तर सेवा गर्दै आएका कर्मचारीहरु केशवप्रसाद पोखरेल, नरबहादुर खड्का, कृष्णप्रसाद विक, लक्ष्मीप्रसाद चौधरी र जीवनाथ काफ्लेलाई पनि सम्मान गरेको छ । संस्थामा समय अवधीभित्र नियमित विल बुझाउने लक्ष्मी काफ्ले, रेशमाया आङ्देम्बे र चक्र बहादुर तामाङलाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट कर्मचारीका रुपमा कमलप्रसाद दाहाललाई नगद ५ हजारसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
    संस्थाका अध्यक्ष हर्कबहादुर फ्याकको सभापतित्व तथा सांसद राम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका मेयर विमल आचार्य, उपमेयर मिना उप्रेती, निवर्तमान अध्यक्ष सूर्यप्रकाश उप्रेती, नेपाल कांग्रेसका क्षेत्रीय सभापति मणि उप्रेती, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपाका नगर इन्र्चाज देवकुमार राई, नेकपाका नेता डिल्ली घिमिरे, राप्रपाका नगर अध्यक्ष शुसिल आचार्य, संघिय समाजबादी फोरमका केन्द्रीय सदस्य धनप्रसाद गुरुङलगायतले बोलेका थिए । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला उपसभापति राम कट्टेल, चारआली खानेपानीका अध्यक्ष लालबहादुर थेबे, संस्थाका पूर्व अध्यक्ष गोपाल तामाङ, भवानी केरुङ, बुद्धिनाथ पौडेल, युवा संघ नेपालका केन्द्रीय नेता राजु कार्कीलगायतको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष हर्क फ्याकले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा उपभोक्ताहरुमा लाग्दै आएको सेवा शुल्क आगामी पुष महिनादेखि नलाग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । उपाध्यक्ष शारदाकुमारी पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार पराजुलीले गरेका थिए ।







































सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…