• रातोकलम अनलाइन!
    मलेशिया सम्बादाता!
    नोभेम्बर-२५

    विप्लब नेतृत्वको नेकपा पार्टी पूर्नगठन को अवसर पारेर सनिबार काठमाण्डौको भिर्कुटि मन्डपमा बिशाल जनसभा सम्पन गरेको छ ! उक्त कार्यक्रमका प्रमुख वक्ता नेकपाका प्रबक्ता प्रकाण्ड रहेका थिए! उक्त सम्पन सभामा बोल्ने प्राय सिर्स नेताहरुले अहिलेको राज्य सत्ता दलाल र पूजिबादि राज्य सत्ता भएको हुनाले यसले जनताको मत र अधिकार लाई सम्बोधन गर्न सक्दैन यो गलत साबित भएको छ!

     

    उक्त अभिब्यक्तीले  हिजो माअवोवादी आन्दोलन लाई आत्मसम्पर्ण गराउने देखी सम्सदिय ब्यवस्थालाई हस्तान्तरण गर्ने काम तत्कालिन नेत्रित्व प्रचण्ड बाबुरामनै रहेको इंगित गर्दा यसै बिषय लाई लियर पुर्व माओबादी केन्द्रका केहि नेता तथा कार्यकर्ताहरुले सामाजिक संजालमा बिरोजगारी युवाहरुको जमात भनेर टिप्पणी,व्याख्या,बिश्लेशण गरेको पनि देखियो!

     

    केहीले त प्रचण्डको बिरोधको लागि मात्रै कार्यक्रम गरेको भन्न सम्म पनि भ्याए हुन त व्याख्या बिश्लेशण गर्न सबैलाई स्वतन्त्र छ !यद्दपी हिजोको सभा लाई सामान्य रुपमा व्याख्या गर्ने ब्यक्त्ती राजनैतिक चेतना हिन हुन्! हिजो मंसिर ८ नेपाली इतिहासमा छुट्टै पहिचान र गैरवशाली इतिहास बोकेको दिन हो !एक नेपाली इतिहासमा जनमुक्त्ती सेना निर्माण गरेको दिन हो ! दुई नेपाली क्रान्ति लाई धोका र दलाल सम्सदिय ब्यवस्थामा बिलय गरेको अवस्थामा पून २०७१ मंसिर ८ गते क्रान्ति लाई उठाउने महान कार्यको दिन हो!

     

    जुन विश्व कम्युनिस्ट आन्दोलनको लागि पनि प्रेरणाको दिन थियो! यसमा प्रचण्ड लगायत अन्य केही ब्यक्तीको नाम जोडीनु स्वाभाविक लिनु पर्छ! किनकी नेपाली जनता र नेपाली क्रान्तिले बिजय हासिल गरेको अवस्थामा नेपाली क्रान्ति र जनताको बहुमतलाई सम्सदिय ब्यवस्थामा प्रयोग गर्दै त्यही ब्यवस्थामा बिलय गराउने नैतीक हिसाबले र नेत्रित्वको हिसाबले प्रचण्डकै भूमिका थियो!जनता नेता र कार्यकर्ताको भावना राजनैतिक उदेश्य र बर्ग प्रतिको घात लाई सामान्य लीन राजनैतिक अर्थमा सकिदैन त्यो बैमानी डाँका सरह नै ठहर्छ! हिजोको सभाले  आँफैमा छुट्टै महत्व राखेको छ! जुन नेपाली जनता र नेपाली राष्ट्रको महत्व र आजको आवस्यकता पनि रहेको थियो!

     

    देशमा मौलाउदै गएको राजनैतिक संकट ,जनता र राजनैतिक दलबिचको सम्बन्ध राष्ट्रियताको अवस्था नै अहिलेको मुख्य बिषय हो !सत्तामा हुँदा राजकिय सेवा सुविधामा रम्ने र प्रतिपक्षमा हुँदा बारमासे निमुनिया लागेको दमको बिरामी जस्तो खोकी रहने नेपाली राजनीतिक यथार्थताले प्रस्ट चित्रण गरेको छ! यिनै दमका रोगी र सत्ता भोगी लाई चुनौती दिन र नयाँ बैकल्पिक राज्य ब्यवस्था सहितको राज्य निर्माण गर्ने एक राजनैतिक शक्तीको रुपमा हिजोको सभा लाई लिन सकिन्छ ! हिजोका बर्गिय दुस्मन आजका परम मित्र हुन्छन्न भन्ने उदाहरण प्रचण्डले आँफै पुस्टि गरेको अवस्थामा केही प्रचण्ड नजिक र उनका आउरे भाउरे हरुले प्रचण्ड लाई सोधे हुन्छ! किन हामीले बिप्लब लाई बर्ग दुश्मन र केपी लाई परम मित्र मान्नु पर्ने?जवाफ पाउनु हुने छ मित्रहरु!

    लेखक:अर्जुन सुबेदी

    नेपालि जनप्रगतिशील मोर्चा मलेसियाका महासचिव हुन्!

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…