झापा । झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ामा भएको आगलागीका कारण ३ महिनाको बच्चासहित ४ जनाको आगोमा जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ बर्षिय लक्ष्मन खनाल, ३० बर्षिय राधिका खनाल, ४ बर्षिय सुप्रिया खनाल तथा ३ महिनाका बच्चा टिकाराम खनाल रहेका छन् ्र । उनीहरु सबै एकै परिवारका सदस्यहरु हुन् ।आइतवार राती ९ बजेको समयमा आगलागी भएको हो ्र ।
भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ्र
आगलागी के कारणले भएको हो भन्ने प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ्र । आगलागीका कारण यति बेला सिंगो शिवसताक्षी नगरपालिका शोकमग्न बनेको छ ।