काठमाडौ,१० मंसिर । त्रि.वि. शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले १६ औं पटक अनसन बस्ने तयारी गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग गर्दै पटकपटक अनशनमा बस्दै आएका डा. केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नका लागि तीन हप्ते अल्टिमेटम दिएका छन् ।
आफ्नो १५ औँ सत्याग्रहका बेला भएको सम्झौता अनुसार सरकारले काम नगरेको भन्दै डा. केसीले आज पत्रकार सम्मेलन गरेर ३ हप्ते अल्टिमेटमसहित त्यो अवधिमा माग पूरा नभए १६ औँ सत्याग्रह गर्ने घोषणा गर्नका लागेका हुन् ।
डा. केसीले दिउँसो ३ बजे त्रिवि शिक्षण अस्पतालको गणेशमान स्मृति भवनमा पत्रकार सम्मेलन गरेर अल्टिमेटसहित आफ्ना माग प्रस्तुत गर्ने बताइएको छ । तीन हप्ताको समय दिने र पूरा नभए १६ औँ सत्याग्रह सुरु गर्ने तयारीमा डा. केसी रहेका उनका सहयोगीले जानकारी दिएका छन् ।