• दमक । झापाको दमकस्थित पत्रकार मंच दमकका अध्यक्ष मनकुमार गदालले एक युवतीलाई दुव्र्यवहार गरेर बेपत्ता भएका छन ।
    गत मंसिर ८ गते शनिवार दमकस्थित स्टार एफ एमको आफनै कार्यकक्षमा एक युवतीलाई फोन गरेर बोलाएर गदालले ति युवतीमाथि दुव्यर्वहार गरेका हुन । गदाल विगत एक वर्ष अघिदेखि स्टार एफ् एमका स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए । झापा तोपगाछीकी २३ बर्षिया ति युवतीलाई जन्मदिनको उपहार दिन भन्दै शनिबार बिहान नौ बजे आफनै कार्यकक्षमा गदालले बोलाएका थिए । ति युवती गदालको कार्यकक्षमा आए लगत्तै अध्यक्ष गदालले युवतीलाई पे्रेम प्रस्ताव राखेका थिए । तर ति युवतीले सो पस्ताव ठाडै अस्वकार गरेपछि गदालले युवतीलाई म संग प्रेम गर्ने अनि अर्को संग विवाह गर्न लागेको भन्दै धम्क्याएका थिए ।

    त्यसपछि गदालले युवतीलाई केहि समय तेहि बस्न भनि धक्याउदै बाहिर निश्किए र नजिकैको पसलमा सिन्दुर किने आफनो कार्यकक्षमा पुगि युवतीलाई जवरजस्ति सिन्दुर लगाई दिएका थिए । सो पछि गदाल स्वयमंले युवतीको घरमा फोन गरेर तपाईहरुकी छोरीलाई मैले सिन्दुर लगाए छोरी हराइन भनेर नआत्तिनु होला भनेर फोन समेत गरेका थिए । पीडित युवतीले घटनाभए लगत्तै आफनो घर परिवारमा फोन गरेर आफुमाथि दुव्र्यवहार भएको जानकारी गराएकी थिईन । भने सो पछि गदाल लगत्तै भागेका थिए । घटन भएको केहि समयमा नै युवतीका आफन्तहरु स्टार एफ एममा आइपुगेका थिए । आक्रोशीत आफन्त तथा ति युवतीकी आमाले गदालको कार्यकक्षमा तोडफोड समेत गरेका थिए । गदाल नेपाल मानब अधिकार संगठन झापाका उपाध्यक्ष, प्रेष चौतारी झापाका उपाध्यक्ष समेत रहेका छन ।धनकुटा खबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…