इटहरा । मोरङ रतुवामाइ नगरपालिका वार्ड नं १० लक्ष्मीचौक निवासी मृगौला रोगी राजेन्द्र मंग्रातीेको उपचार सहयोगार्थको लागि इटहरा सोमबारेमा एक कार्यक्रम माझ सहयोग हस्तांतरण भएकोछ ।
रतुवामाईबाट कतारमा रहेका युवाहरुको समुहले नगद ४५ हजार रुपैया सहयोग गरेको हो । वडा नम्बर १० का वडा अध्यक्ष टंक ढकालले विरामीका दाजु ईन्द्रलाई उक्त नगद हस्तान्तरण गर्नुभयो । सो नगद कतारबाट प्रदिप न्यौपाने ,सुरेश न्यौपाने,नारायण खतिवडा,श्याम नेपाली र लक्ष्मी कर्कीले अगुवाई गरेर पठाउनुभएको हो ।
हस्तान्तरण कार्यक्रममा इटहरा समाज कतरका पूर्व अध्यक्ष युवराज निरौला,उपाध्यक्ष समिन बराल,बुलेट गाईजका अध्यक्ष मोहन न्यौपाने र जितु न्यौपानेको सहभागिता रहेको थियो ।