• चितवन, १० मङ्सिर । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

    नेपाल महिला सङ्घ चितवन शाखाले आज यहाँ आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताउनुभयो ।

    चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उहाँले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उहाँको भनाइ थियो ।

    उहाँले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।”

    कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह लगायतले बोल्नु भएको थियो ।

    सो अवसरमा नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवं पार्षद्हरुलाई सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…