• देबु बानियाँ
    झापा । विराटनगर नेपालको उत्कृष्ट शहर मध्ये एक हो । व्यवसाय क्षेत्रको अब्बल नगर पनि हो । त्यहि विराटनगरलाई कर्मथलो बनाएर व्यवासय गर्दै आउनु भएका युवा श्याम सुन्दर पौडेल (मिलन) यस क्षेत्रका सफल व्यवसायीहरुको सुचीमा पर्नु हुन्छ । सामान्य परिवारमा जन्मनु भएका पौडेल व्यवसायकै माध्यमबाट आफुलाई समाजमा स्थापित गर्दै अगाडी बढिरहनु भएको छ । जसले आज व्यवसायलाई नै आफ्नो पर्यायवाचीका रुपमा स्थापित गर्नु भएको छ । उहाँको परिचय व्यवसाय क्षेत्रमा मात्र सिमित छैन । व्यवसाय सँगसँगै विभिन्न सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रको नेतृत्व गर्दै आउनु भएका पौडेल नेपाल जेसीज वर्ष २०१८ का राष्ट्रिय उपाध्यक्ष समेत हुनुहुन्छ ।
    गत वर्ष भैरहवामा भएको जेसीजको ४४ औँ राष्ट्रिय महाधिवेशनमा १२ जना निर्वाचित उपाध्यक्ष मध्ये पौडेल एक नम्बरमा निर्वाचित हुनु भएको थियो ।
    विराटनगर जेसीजको वर्ष २०१७ को नेतृत्व सम्हाल्नु भएका पौडेलले राष्ट्रिय उपाध्यक्ष हुँदै वर्ष २०१९ का कार्यकारीणी उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । यो उम्मेदवारी दर्तासँगै शाखाहरुसँगको भेटघाट र प्रचारको कामलाई तिब्र रुपमा अघि बढाउनु भएको छ ।
    ‘तपाईहरुकै हौषला र मायाले उम्मेदवारी दिएको छु’ पौडेलले भन्नु भयो–‘अघिल्लो वर्ष पनि अत्यन्तै हौषलाका साथ नेपाल जेसीजमा प्रतिनिधित्व गराउनु भएको छ । एक वर्षको अवधीमा गरेको कामको मुल्याङकनका आधारमा यो वर्ष पनि साथ र सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु ।’
    करिव २० वर्ष अघि विराटनगर आउनु भएका पौडेल विगत १५ वर्ष देखि विराटनगरमा स्वास्थ्य व्यवसायीको रुपमा स्थापित हुनुहुन्छ । विराटनगरमा एक फार्मेसी पढ्न विद्यार्थीको रुपमा प्रवेश गर्नु भएका उहाँ एक फार्मेसीमा सहायकको रुपमा काम गर्दै पछि साथीहरुको सहकार्यमा फार्मेसी तथा स्वास्थ्य शिक्षा पढाइ हुने कलेज संचालक गर्न थाल्नु भयो ।
    हाल कोशी हेल्थ इन्ष्टिच्युट, मोरङ सहकारी अस्पताल, तथा निर्माणाधिन निको अस्पतालको सञ्चालक हुनुहुन्छ । लायन्स क्लव विराटनगर मोरङको पूर्व अध्यक्ष समेत रहनु भएका पौडेल विभिन्न स्वास्थ्यकर्मी संघ मा समेत आवद्ध रहनु भएको छ ।
    व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील रहेकै बेलामा उहाँलाई जेसीजप्रति आकर्षण जागेपछि २०११ सालमा विराटनगर जेसीजमा आबद्ध हुनु भएको थियो । सुरुवाती दिनवाटै निकै सक्रिय उहाँ वर्ष २०१३ मा सदस्य, वर्ष २०१३ मा जनसम्पर्क अधिकारी, २०१४ मा उपाध्यक्ष, २०१५ मा कार्यकारिणी उपाध्यक्ष, २०१६ मा वरिष्ठ कार्यकारीणी उपाध्यक्ष हुदै वर्ष २०१७ मा शाखा अध्यक्षको रुपमा विराटनगरलाई नेतृत्व गर्नु भएको थियो । । जेसीज यात्राको क्रममा वर्ष २०११ देखि हाल सम्मको सम्पुर्ण राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलनहरु सहभागी हुनु भएको छ । अन्तराष्ट्रिय सम्मेलन तथा महासभामा भाग लिने क्रममा २०१७ मा एसेफिक मंगोलियामा, २०१८ मा एसेफिक जापान, २०१७ मा वल्र्ड कंग्रेस नेदरल्यान्डमा सहभागिता जनाइसक्नु भएको छ । यी राष्ट्रहरु बाहेक व्यवसायीक भ्रमणको क्रममा करिव १६ वटा मुलुक भ्रमण गरिसक्नु भएको छ ।
    देशभरिकै १०० भन्दा वढी शाखा, डडेलधुरा कालिकोट, कर्णाली लगयात विकट विकट स्थानमा समेत भ्रमणको लागि पुग्नु भएका विेराटनगरका सफल युवा व्यवसायी तथा सामाजीक संस्थाहरुका नेतृत्वकर्ता श्याम सुन्दर पौडेल आफुले नेपाल जेसीजमा निर्वाचित भएमा जेसीजमा आबद्ध युवाहरुलाई थप क्रियाशिल र व्यवसायी बनाउँदै लैजाने लक्ष्य रहेको बताउनु भयो ।
    साधारण जीवन उच्च सकारात्कम सोच भएका पौडेल सबैसँग समान व्यवहार गर्नु नै उहाँको सफलताको सिँढी हो । विराटनगर क्षेत्रका करिब ३ सय भन्दा बढी युवाहरुलाई प्रत्यक्ष रोजगारको सृजना गरेर विदेश पलायन हुने अवस्थालाई अन्त्य गर्न सफल पौडेल यस क्षेत्रका युवाहरुका सारथी हुन् । जेसीजमा उदयमान युवाका रुपमा रहनु भएका पौडेल नेपाल जेसीज वर्ष २०१८ को जुलाई महिनाको उत्कृष्ट अफिसरको अवार्ड प्राप्त गर्नु भएको थियो । जुन उहाँको कार्यशैली, इमान्दारिता, लगनशिलता र जेसीजप्रतिको दायित्वको सफलता हो ।

    उम्मेदवारीको प्रचारको क्रममा झापा आउनु भएका पौडेलले आफ्नो जेसीज मिसन भनेको युवाहरुमा उद्यमशिलताको विकास गराउनु रहेको बताउनु भयो । रातोकलम अनलाइनसँग कुराकानी गर्दै कार्यकारीणी पदका उम्मेदवार पौडेलले भन्नु भयो–‘जेसीजमा आउने सबै युवाहरु उद्यमशील हुनु पर्छ । व्यक्ति आत्मानिर्भर भएमा मात्र समाज परिवर्तन हुन्छ । जब कुनै पनि व्यक्ति व्यवसाय क्षेत्रमा सफल हुन्छ उसले आफ्नो परिवार, समाज र यो राष्ट्रका लागि योगदान गर्न सक्छ । यसैले मेरो पहिलो प्राथमिकता नै युवा उद्यमशील हो ।’
    नेपाल जेसीजमा ३ जना राष्ट्रिय अध्यक्ष र अन्तराष्ट्रिय जेसीजमा १ जना कार्यकारीणी उपाध्यक्षको सफल नेतृत्व गरेको विराटनगर जेसीजका यी युवालाई पनि समयले साथ दिएमा र जेसीजकर्मीहरुको सहयोग पुगेमा अ न्तराष्ट्रिय जेसीआईको मिसन रहेको विराटनगर जेसीज वर्ष २०१८ का अध्यक्ष राजेन्द्र थपलियाले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…