• लेटाङ १० मंसिर । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ७ मा रहेको वारंगी खेलकुद युवा क्लवले बराह मेलाको अवसर पारी खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगितामा समापन गरेको छ । खेलमा महिला तर्फ आयोजक वारंगी महिला भलिवल क्लवले सिहंदेवी महिला भलिवल क्लवलाई २५-२०, २५- ११ र २५-९ को सोझो सेट पराजित गरेको थियो । त्यस्तै पुरुष तर्फ पनि आयोजक वारंगी भलिवल क्लवले २५र१८, २६र२४, २५र१७ को सोझो सेटमा डाडा गाउँ भलिवल क्लव धनकुटालाई पराजित गर्यो ।

    जित संगै विजयी पुरुष टोलिले नगद ३० हजार, महिला टोलिले नगद ८ हजार प्राप्त गरे भने दोस्रो हुने पुरुष टिमले १७ हजार र महिला टिमले ४ हजार प्राप्त गरे । विजेता तथा उप विजेता टोलिलाई कार्यक्रमको प्रमुख अतिथी लेटाङ नगरपालिकाका मेयर शंकर राई र वडाध्यक्ष नगेन्द्र लिम्बुले पुरस्कार बितरण गर्नुभएको थियो । मंसिर ७ गते बाट सुरु भएको भलिवल प्रतियोगितामा पूर्वाञ्चल भरीका पुरुष तर्फ १६ र महिला तर्फ ८ टिमको सहभागी रहेका थिए । खेल श्री महेन्द्र माविको खेल मैदानमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…