• झापा । रामनगर जेसीज सुनवलको जेसीज सप्ताह अन्तरगत सोमवार ‘ओराटरी नवलपरासी २०१८’ को छनोट चरण सम्पन्न भएको छ ।
    नवलपरासी जिल्लाको सुस्ता पश्चिममा रहेका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा एकै समयमा ‘जिम्मेवारीका साथ नेतृत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । जस अन्तरगत सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, प्रतापुर गाउँपालिका, सुस्ता गाउँपालिका, सरावल गाउँपालिका नगरपालिकामा ओराटरी सम्पन्न भएको थियो । ५२ जना सहभागि मध्ये १४ जना उत्कृष्ट विद्यार्थीहरुलाई छनोट गरिएको छ । छनोट भएका विद्यार्थीहरुले १२ गते बुधवार जिल्ला स्तरीय प्रतिस्पर्धा गर्ने शाखाकी महासचिव हिमा न्यौपानेले बताउनु भयो ।
    प्रतियोगिताका लागि कोषाध्यक्ष चन्द्रकला डुम्रे, देबु भट्टराई, कुशुम चापागाई, दिपक राना, रेशम कडेँल, भविश्वर चापागाई, भोला पराजुली, भोजराज पौडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।
    सप्ताह अन्तरगत मंगलवार वृक्षारोपण र बुधवार प्रकरण सेमीनारसहित सप्ताहको समापन हुने शाखा अध्यक्ष एवम वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार भोजराज चापागाईले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…