• कुमार कट्टेल



     



    म नेपाल र नेपालीलाई माया गर्ने एक नेपाली हुँ । आज १८ करोडको गाडी किन्ने विषयले हजुरको जताततै विरोध भैरहँदा मलाई हजुरको लागी एउटा पत्र लेख्न मन लाग्यो । जुन देशका नागरिकहरु औषधी उपचारको अभावमा मरिरहेका छन ,पोषणयुक्त खाना खान नपाएर हजारौ बालबालिका कुपोषणको शिकार भएका छन त्यो देशको राष्ट्रप्रमुखको हैसियतले हजुरलाई कसरी १८ करोडको गाडी चढ्न मन लागेको होला ? सोध्न चाहन्छु ।समृद्द देशका राष्ट्रप्रमुखहरु पैदल हिडेर कार्यालय गएको, साईकल चडेर हिडेको त हजुरले पनि समाचारमा त सुन्नु नै भएको होला ।



     



    राष्ट्रपतिज्यु,आज नेपालकी छोरी शृङ्खला खतिवडा विश्व सुन्दरी प्रतियोगिताको मञ्चमा नेपालको शान बढाउँदै छिन्, विश्वमा नेपाल चिनाउँदै छिन् । बलात्कार पछि निर्मम हत्या गरिएकी स्व. निर्मला पन्तका बुवा यो देशमा न्यायको भिख माग्दा माग्दै मानसिक सन्तुलन गुमाउन पुगेका छन् । हजुर यि दुई छोरिहरुको विषयबारे पक्कै पनि जानकार नै हुनु हुन्छ होला ? हजुर त नेपालको राष्ट्रप्रमुख अनि सम्पुर्ण नेपाली नारिहरुको आमा समान हुनुहुन्छ ।तपाईकी छोरी निर्मला पन्तको निर्मम हत्या गर्ने हत्यारा पक्रन र उसको परिवारलाई न्याय दिलाउन एउटी आमाको नाताले तपाई ले पहलकदमी लिनु पर्ने हैन र ?दिनदिनै तपाईका छोरीहरु बलात्कार भैरहँदा कुन खुशीयालीमा १८ करोडको गाडी चढ्न मन लाग्यो राष्ट्रपतिज्यु ?तपाईकी छोरी शृङ्खला खतिवडालाई विश्व सुन्दरिको ताज पहिराउन विश्वभरिका नेपाली हरु लागिरहदा तपाईको चै के गरिरहनु भएको छ राष्ट्रपतिज्यु ?



     



    त्यसैले अहिले १८ करोडको गाडी चढ्नुको साटो स्व. निर्मला पन्तको परिवारलाई न्याय दिलाउन र विश्वसुन्दरिमा शृङ्खला खतिवडालाई जिताउन तपाई लाग्नु भयो भने सबैभन्दा ठुलो जित तपाईको हुनेछ राष्ट्रपतिज्यु ।बरु त्यो १८ करोडले स्व. निर्मला पन्त र शृङ्ख ला खतिवडाको नाममा ९–९ वटा विद्यालय बनाईदिनु भयो भने पढ्न नपाएका तपाईका धेरै छोराछोरीले पढ्न पाउँछन ।त्यो खुशी तपाईले अरबौ रुपैयाँमा पनि किन्न सक्नुहुन्न राष्ट्रपतिज्यु ? महान त त्यो हुन्छ जो आफ्नो लागी हैन अरुको लागी बाँच्छ । तपाईसँग पनि यो अवसर छ खेर नफाल्नु होला ।

    –उही नेपाल र नेपाली लाई माया गर्ने तपाईको छोरो कुमार कट्टेल ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…