• मंसिर ११, काठमाडौं । यातायात क्षेत्रमा शान्त हस्तक्षेप गर्दै आएको साझा यातायातले कात्तिक ६ गते उपत्यकाभित्र पाँच विद्युतीय बस सञ्चालन थालेको घोषणा ग(यो। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुन उडाउँदै नयाँ विद्युतीय बसको उद्घाटन गरे।

    उद्घाटनपछि विद्युतीय बस चढेर ओलीसहित अर्थमन्त्री डा।युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत पुल्चोकबाट सिंहदरबार पुगे। उद्घाटनका क्रममा साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले नियमित सञ्चालन गर्ने सर्तसहित बस सञ्चालन गरेको बताए। प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजनासमेत सार्वजनिक गरे।

    तर, उद्घाटनको भोलिपल्टदेखि साझाका ती विद्युतीय ५ बस सडकमा देखिएनन्। यात्रुहरू विद्युतीय बस सडकमा नदेख्दा चकित परे, उद्घाटन गरेर बस किन गुडाइएन भन्दै।

    साझा बस नगुडाउनुको कारण हो– उद्घाटन गर्न हतारिनु। प्रक्रिया पूरा नगरी बस ल्याई उद्घाटन गरेर चर्चा कमाउन हतारिएपछि साझाले विद्युतीय बस सञ्चालन नगरेको हो।

    समय तालिका नमिलेको, दर्ता नभएको, इन्स्योरेन्स नगरेको, रुट नकिनेको र बसभित्र राख्ने केही उपकरण नपाएको भन्दै ती बस अहिले पुल्चोकस्थित कार्यालयको बाहिर पार्किङमै राखिएको साझाले जनाएको छ। पार्किङमा राखिएका ती बस कहिले गुडाउने हो भन्ने यकिन छैन। उद्घाटन गर्न हतार गर्ने तर सेवा नदिने प्रवृत्तिले साझाप्रतिको विश्वास गुम्दै जाने यात्रुहरूको गुनासो छ।

    ‘साझाले वातावरणमैत्री बस ल्यायो भन्ने खुसी थियो, अर्को दिन सडकमै बस देखिएन,’ आइतबार कुपण्डोलमा भेटिएका सन्देश काफ्लेले भने, ‘यो त यात्रु झुक्याउने काम मात्रै भयो।’

    साझाको बोर्ड कमिटीमा वातावरणविद् पनि समावेश छन्। विद्हरूले पनि यी बस सञ्चालनमा आएपछि त्यसले वातावरणमैत्री यातायातमा नयाँ रेकर्ड कायम राख्ने बताउँदै आएका थिए। उद्घाटनकै भोलिपल्टदेखि बस नचल्नु बोर्डकै कमजोरी रहेको वातावरणविद् तथा साझा यातायात प्रालिका सदस्य भूषण तुलाधरले स्वीकारे।

    ‘यो पक्ष मैले नै हेरेको थिएँ, ल्याउनेबित्तिकै सञ्चालन गर्न गाह्रो प(यो। उद्घाटन् गर्नुपहिले प्राविधिक जाँचको काम भएको थिएन,’ उनले भने, ‘त्यतिबेला सबैको समय मिल्ने भएकोले उद्घाटन गरौं भन्ने भएको थियो। तर, उद्घाटनको भोलिपल्ट बस गुडाउँछौं भनेर प्रतिवद्धता कम्पनीले गरेको थिएन।’

    उनका अनुसार लुम्बिनी विकासले सबै तयारी गरेपछि मात्रै बस सञ्चालन हुनेछन्। अहिले कम्पनीले नम्बर प्लेट राख्ने, इन्स्योरेन्स गर्ने, रुट किन्नेलगायत काम गरिरहेको छ। सबै बस सुरुमा काठमाडौंमा परीक्षण गरेर मात्रै लामो दूरीमा चलाइनेछ।

    वातावरणविद् तुलाधरले वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्नुपर्ने आवश्यकता भएकाले विद्युतीय बस थप्ने कुरा भएको जानकारी दिए। उनले भने, ‘जैविक इन्धनको प्रयोग घटाउँदै विश्व इलेक्ट्रिक उपकरणतर्फ गइरहेको छ, यस्तो अवस्थामा साझाले नेपालमै पहिलो पटक इलेक्ट्रिक सार्वजनिक बस आरम्भ गर्नु निकै राम्रो हो, सामान्य समस्याले गर्दा नियमित सञ्चालन गर्न सकेको छैन, यसमा हामीले पहल थालेका छौं।’

    उक्त पाँच बस चिनियाँ कम्पनी बिवाइडी र एसियाली विकास बैंकको सहयोगमा पर्यटन मन्त्रालयले साझालाई प्रदान गरेको थियो। चालकसहित २० सिटको क्षमताका ती बसहरूमा सिसी क्यामेरा जडान गरिएका छन्। यसबारे साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले सबै तयारी पूरा भएपछि मात्रै ती बस सञ्चालन हुने जानकारी दिए। उनले उद्घाटन गरे पनि ती बसको केही प्रशासनिक प्रक्रिया नपुगेकोले सञ्चालनमा ढिलाइ भएको स्वीकारे। ‘यात्रुको सुविधाको लागि ल्याइएका बस कही जानन्, केही समय लाग्ला। तर, सञ्चालन हुन्छन्,’ उनले भने, ‘त्यसबाहेक अन्य वातावरण मैत्री बस पनि हामीले थप्दै जान्छौं।’ समाचार नागरिक दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…