• काठमाडौं । सरकारले मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्दैछ । तर, यसको तामझामका लागि यसअघि मजदुरको कोषमा जम्मा भएको २० अर्ब रुपैयाँबाटै करिब ८ अर्ब खर्चिएको छ ।

    प्रधानमन्त्री केपी ओलीका तस्बिरसहित एउटा युगको सुरुवात भन्ने नारासहित काठमाडौंका धेरै बिजुली पोलमा ब्यानर टाँगिएका छन् भने सबैजसो अनलाइन र पत्रपत्रिकामा ज्याकेट एड प्रकाशित प्रशारित भएका छन् । टिभी र रेडियोमा पनि विज्ञापन गरिएको छ ।

     

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसको प्रचारप्रसारका लागिमात्र ८ करोड रुपैयाँ खर्चेको छ । सामाजिक सुरक्षा ऐन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा संसदबाट पारित भए पनि ओली सरकारले यसलाई आफ्नो सफलताका रुपमा व्याख्या गरेको पाइएको छ ।

    पत्रपत्रिकामा भने ओलीसहित दोस्रो पेजमा श्रममन्त्री गोकर्ण विष्टले समेत आफ्नो प्रचार गरेका छन् ।
    नेपालका सबै संगठित क्षेत्रका मजदुरले १० वर्षदेखि प्रत्येक महिना १ प्रतिशतका दरले जम्मा गर्दै आएको सामाजिक सुरक्षा कोषमा हालसम्म जम्मा भएको २० अर्ब रुपैयाँ यो सरकारले यसरी फजुल खर्च र आत्मप्रशंशामा खर्च गरेर चरम दुरुपयोग गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…