• काठमाण्डौ, ११ मंसिर । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अध्यक्षमण्डलको संयोजकबाट महन्थ ठाकुरालाई हटाइएको भन्ने बुझाई गलत भएको बताएका छन् ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले विधान अनुसार संयोजक परिवर्तन गरिएको स्पष्ट पारेका छन् ।

    ठाकुरकै सहमति र विधानअनुसार अध्यक्षमण्डलले राजेन्द्र महतोलाई संयोजक बनाउने निर्णय भएको कर्णले बताए ।

    संयोजक परिवर्तनपछि पनि पार्टीभित्र विवाद नभएको उनको जिकिर छ । केही नेताहरु काठमाण्डौ बाहिर भएकाले बैठक बस्न नसकिएको विषयलाई विवादका कारण बैठक नबसेको भनेर चर्चा गरिएको उनको गुनासो छ ।

    मधेशी जनताले एकतावद्ध भएर अधिकार प्राप्तिको लडाईमा होमिन म्याण्डेट दिएको उल्लेख गर्दै उनले पार्टी फुट्ने सम्भावना नरहेको स्पष्ट पारे ।

    संयोजक परिवर्तन गरिएकोमा महन्थ ठाकुरको आपत्ति नरहेको पनि कर्णले बताए । कर्णले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने अवस्था आएको कर्णले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…