• काठमाडौं, ११ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

    पहिलो खेलमा सङ्कटासँग अन्तिम समयमा १–० गोल अन्तरले पराजित भएको सरस्वती युथ क्लब दोस्रो खेलमा हिमालन शेर्पासँग सोही गोल अन्तरमा पराजित भएको थियो भने तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३–० को जित निकालेको थियो ।

    तीन खेलबाट समान तीन अङ्क जोडेका सरस्वती युथ र ब्रिगेड ब्वाइज गोल अन्तरका आधारमा क्रमश नवौँ र दशौँ स्थानमा छन् ।

    सोही मैदानमा आजै हुने दोस्रो खेलमा लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र लिगमा कमजोर प्रर्दशन गरिरहेको एपिएफविरुद्व खेल हुनेछ । लिगमा शतप्रतिशत जीत निकाल्ने मनाङ एक्लो टोली हो । एपिएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ ।

    तेस्रोचरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाइजलाई पराजित गरेको थियो ।

    एपिएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोलरहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको एपिएफ तेस्रो खेलमा ब्रिगेड ब्वाइजससँग पराजित हुन पुगेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…