• मंगलबार बिहानसम्म त्यस्तो खास केही थिएन। अर्थात् पुरानै युग थियो। तर राति त झलमल्ल ‘नयाँ युग’ आएको देखे धेरैले। उहिले राजा महाराजाका फोटोहरु यसरी सजाइन्थे ठाउँ ठाउँमा। हाम्रो वाणीको वास्ता हुँदैन थियो, मौसूफहरुको महावाणी चोक चोकमा राखिन्थ्यो। अहिले दुई तिहाईको सरकार आएपछि प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘एउटा नयाँ युगको सुरुवात’ लेखिएका पोस्टर राखिएका छन् सोलार बत्तीको खम्बा मुनिको विज्ञापन बोर्डहरुमा। 



    सित्तैमा त यो पक्कै पनि राखिएन होला। यसरी प्रधानमन्त्रीको फोटोसहित नयाँ युगको प्रचार गर्दा चैँ कति खर्च भयो होला? त्यो खर्च गोजीको पैसा त पक्कै हैन होला, तपाईँ हाम्रै राज्यको ढुकुटीबाट जाने होला। नयाँ युगको सुरुवात त कामले देखाउने हो, मानिसलाई महसूस गराउने हो, गफमात्र दिएर अनि बिजुलीको खम्बामा फोटो झुण्ड्याउँदैमा नयाँ युग आउने भए त हाम्रो देशले अमेरिकालाई उछिनीसक्थ्यो होला।



    यस्तो गर्नुपर्छ हजुर बनेर सुझाव दिने चाकडीबाजको त कुरै छाडिदिउँ। अँ ठीक छ भनेर स्वीकृति दिने पनि गजबकै नमूना रहेछन् भन्ने देखियो। खम्बामा झुण्डिएको नयाँ युग तल सडकमा झर्ने चाहिँ कहिले होला। बिचरा हामी नागरिक झर्ला र खाउँला भनेर हेरिरहेका छौँ। यो खम्बामा पोस्टर टाँस्ने ठेक्का कसले पाएको हो, उसलाई चाहिँ समृद्धि राम्रैसँग आयो होला।

    mysansharबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…