• देबु बानियाँ
    झापा । जनकपुरमा हुन लागेको नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि रजिष्ट्रेशन दर्ता धमाधम भइरहेको छ । एक साता अघिबाट सुरु भएको रजिष्ट्रेशन मंगलवारसम्ममा २० वटा शाखाले रजिष्ट्रेशन दर्ता गराएका छन् ।
    महाधिवेशन आथित्यता शाखा जनकपुर जेसीजले महाधिवेशनमा आउने शाखाहरुका लागि सहज होस भन्ने उदेश्यले महाधिवेशनको मितिभन्दा एक महिना अघिबाटै रजिष्ट्रेशन खुल्ला गरेको छ । सोही अनुसार अहिले धमाधम विभिन्न शाखाहरुले रजिष्टेन गरिरहेका छन् । महाधिवेशनका लागि सबै भन्दा पहिलो रजिष्टेशन विर्ता जेसीजले गरेको छ । मंगलवारसम्म दर्ता भएका शाखाहरुमा विर्ता जेसीज (११ जना), थानकोट जेसीज (१० जना), त्रिभूवननगर जेसीज (१२ जना), दुहवीजेसीज (११ जना), नारायणघाट जेसीज (११ जना), बासामाडी जेसीज (११ जना), विराटनगर जेसीज (११ जना), झुम्का जेसीज (१० जना), पाल्पा जेसीज (७ जना), भद्रपुर जेसीज (८ जना), दमक जेसीज (११ जना), अछाम जेसीज (९ जना), नेपालग१ज जेसीज (५ जना), सिद्धार्थनगर जेसीज (११ जना), काभ्रे जेसीज (१२ जना), काभ्रे महिला जेसीज (१० जना), नाल्दुम नगरकोट जेसीज (७ जना), भकुण्डेबेसी जेसीज (१० जना) र धुलीखेल जेसीज (१ जना) को रजिष्टेशन भएको आवास व्यवस्थापन समितिका संयोजक शंकरप्रसाद शाहले बताउनु भयो ।
    रजिष्टे«शनका लागि आथित्यता शाखाले राष्ट्रि बाणिज्य बैक र मेगा बैंकमा रकम जम्मा गर्ने व्यवस्था गरेको छ । राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नका लागि खाता नम्बर १२२०००६६७००१ र मेगा बैंकमा जम्मा गर्ने शाखाका लागि खाता नम्बर ०२६००१०१२६४०४ रहेको संयोजक शाहले बताउने भयो ।
    ‘हाम्रो उदेश्य हरेक शाखालाई सहज बनाउनु हो’ जनकपुर जेसीज वर्ष २०१४ का अध्यक्ष समेत रहनु भएका संयोजक शाहले भन्नु भयो–‘महाधिवेशनका बेला रजिष्ट्रेशन गर्दा धेरै असहज र बेलामा बस्ने व्यवस्थापन समेत गर्न नसिकएको तितो यर्थाथ भएकाले यसलाई कम गराउनका लागि यो व्यवस्था गरिएको हो ।’
    देशभरका १ सय ४१ वटा शाखाका करिब २२ सय जेसीजकर्मीहरुको भेला हुने यो महाधिवेशनलाई सफल र उत्कृष्ट बनाउन आथित्यता शाखले हरकसरत गरिहेको छ । जनकपुर क्षेत्रमा १८ सय जनालाई बस्ने व्यवस्थाका लागि होटल बुक गरिसकेको छ । अहिलेसम्म रजिष्ट्रेशन भएका शाखाहरुलाई होटलको नामसहित प्रत्येक शाखामा जानकारी गराइसकिएको महासधवेशनका उप निर्देशक तथा पूर्व अध्यक्ष मनिष रमन शाहले जानकारी दिनु भयो । जनकपुर बाहेक ढल्केवर र बर्दिबासमा समेत करिब ४ सयलाई हुने गरी होटलको व्यवस्था गरिएको बताइएको छ । उप संयोजक शाहका अनुसार जति अघि रजिष्ट्रेशन भयो त्यति नै शाखालाई सहज हुनेछ । १८ सय भन्दा पछि रिजष्ट्रेशन भएका शाखालाई आउने जाने बसको व्यवस्था सहित ढल्केवर र बर्दिबासमा व्यवस्था गरिने वर्ष २०१८ का अध्यक्ष जिदेन्द्र महासेठले बताउने भयो । बताउनु भयो । जनकपुरबाट ढल्केवर २० किलोमिटर र ढल्केवर २८ किलोमिटरको दुरीमा रहेको छ ।
    अध्यक्ष महासेठका अनुसार अबको १० दिनभित्रमा हरेक शाखामा होटलको कोठा नम्बर समेत पठाइनेछ । जसले गर्दा जनकपुर आइसकेपछि वस्नको लागि कुनै झनझट बेहोर्नु नपरोस ।



     



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…