• काठमाडौँ  : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विगतको अनिश्चिता र असुरक्षित अवस्थाको अन्त्य गर्दै सामाजिक सुरक्षाको क्षेत्रमा निश्चित र सुरक्षित यात्रा शुरु भएको बताउनुभएको छ ।

    श्रमिकको जीवनमा दीर्घकालीन महत्व राख्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सुरक्षाका योजनाको कार्यान्वयनबाट नेपाली समाज र आम जनताको जीवनमा सुखद् परिवर्तन ल्याउने बताउनुभयो ।

    “आजको दिन श्रम गरेर जीवीकोपार्जन गर्ने र रोजगार प्रदान गर्ने उद्यमी, व्यवसायी दुवैका लागि अन्यन्त महत्वपूर्ण दिन हो,” उहाँले भन्नुभयो, “यस कदमबाट आगामी दिनमा श्रमजीवीको जीवनमा देखिएको अनिश्चित र असुरक्षित अवस्थको अन्त्य हुनेछ । उनीहरु आफ्नो भविश्यप्रति निश्चिन्त भई मर्यादित श्रम गर्न र सम्मानजनक जीवनयापन गर्न पाउनेछन् ।”

    मन्त्री विष्टले रोजगारदाताले आफ्नो औद्योगिक प्रतिष्ठानमा असल श्रम सम्बन्ध कायम राखी ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । “सुरक्षित र निश्चित भविश्यको सुनिश्चिताले श्रमिक पूर्णरुपले काममा केन्द्रित हुन सक्नेछन्”, उहाँले भन्नुभयो, “श्रमिक र औद्योगिक प्रतिष्ठान दुवैको उत्पादकत्व बढ्न गई राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने छ । सन्तुलित एवं दीगो आर्थिक विकास हासिल गर्न सफलता प्राप्त हुनेछ ।”

    सामाजिक सुरक्षाको सफल कार्यान्वयनबाट मात्र सभ्य समाज, समृद्ध देश र सुखी जनताको सपना साकार पार्न सकिने विश्वास व्यक्त गर्दै उहाँले सामाजिक सुरक्षा योजना राज्यको कल्याणकारी एवं नैतिक दायित्व निर्वाह गर्ने र सामाजिक न्याय सुनिश्चित गर्ने उपाय भएको बताउनुभयो ।

    मन्त्री विष्टले भन्नुभयो, “यी योजनाले व्यक्ति र परिवारको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्दै गरीबीबाट जोगाउन मद्दत गर्दछ । सधैँका लागि सामाजिक सुरक्षाको लक्ष्य रोजगारदाता, श्रमिक र सरकारबीचको त्रिपक्षीय साझेदारी र अन्तर्राष्ट्रिय श्रम मापदण्डको पालनाबाट मात्र हुन सक्छ ।”

    श्रम मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका अध्यक्ष महेशप्रसाद दहालले कोषलाई व्यावसायिक संस्थाका रुपमा रुपान्तरण गर्ने कामको थालनी गरिसकेको बताउनुभयो । कोषको सञ्चालक समिति त्रिपक्षीय रहेको जानकारी दिँदै उहाँले कोषमा सरकार, रोजगारदाता र श्रमिकको प्रतिनिधित्व रहेको बताउनुभयो । सचिव दहालले श्रमिक र उद्योगीको साझा प्रतिबद्धता र सहकार्यले असल श्रम सम्बन्धको विकास, उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…