• काठमाडौँ  । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।

    आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घले सबै सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आहृवानसमेत गरेको छ । बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

    बैठकले स्थानीय प्रदेश सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून निर्माण नगर्न आग्रह गरेको छ । स्थानीय तह र प्रदेश सरकारले आफैँ सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासङ्घले आपत्ति प्रकट गरेको छ । बैठकले महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन आगामी पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको महासचिव विष्टले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…