• झापा । नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर विकास मानन्धरले युवाहरुको व्यक्तित्व र नेतृत्वको क्षमता अभिबृद्धि गराइ समाजमा सकारात्मक परिवनर्तनको निम्ति सक्षम युवा निर्माण गर्नु नै जेसीजको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
    नेपाल जेसीज वर्ष २०१९ का लागि अध्यक्ष पदका प्रत्यासी रहनु भएका सिनेटर मानन्धरले आफ्नो उम्मेदवारी प्रचारका क्रममा विभिन्न शाखाहरुका पदाधिकारीसँगको कुराकानीमा क्रममा यस्तो बताउनु भएको हो ।
    ‘अब हरेक युवाहरुले दिगो विकासका निम्ति दिगो परियोजना सञ्चालन गर्नु पर्छ’ काभ्रे जेसीजका पूर्व अध्यक्ष समेत रहनु भएका मानन्धरले भन्नु भयो –‘युवाहरुमा सञ्चालन भएको युवा परियोजना हरेक शाखाका जेसीज सदस्यहरुले सञ्चालन गर्नु पर्छ । युवा सक्षम नभए समाज बलियो हुन सक्दैन । नेपाल सरकारले गरेका शैक्षिक, स्वास्थ्य, वातावरण जस्ता अति आवश्यक परियोजनामा जेसीज युवाहरुले समेत सहकार्य गरी सहभागिता जनाउनु पर्ने देखिन्छ ।’
    समाज परिवर्तनका लागि जेसीज अभियानमा लागेका युवाहरुले सकारात्मक सोच राखेर अघि बढ्नु पर्ने कुरामा जोड दिँदै सिनेटर मानन्धरले यो समाजमा रहेका हरेक सामाजिक संघ संस्था भन्दा एक कदम अघि रहने बताउनु भयो ।  उहाँले जेसीजमा सदस्यता प्राप्त गरेका हरेक युवाले आफ्नो क्रियाशिलताको आधारमा पक्कै पनि आफूमा सकारात्मक परिवर्तन पाउने बताउनु भयो । त्यसका लागि समाजका लागि केही गर्छु भन्ने सोच बनाउनु भन्दा पहिलो स्वम् आफु आत्मनिर्भर रहनु पर्ने बताउनु भयो । त्यसका लागि युवा व्यवसायिकताको आवश्यकता रहन्छ । 

    वर्तमान कार्यकारीणी उपाध्यक्ष एवम् क्षेत्र ‘क’ निरुपित उपाध्यक्ष मानन्धरले यस अघि नै विभिन्न क्षेत्रका क्षेत्रीय सम्मेलनमा आफ्नो उम्मेदवारीको प्रमोशन गर्नु भएको थियो । आफुले नेपाल जेसीजमा गरेको योगदान र निरन्तरताको आवश्यकता नै वर्ष २०१९ का लागि अध्यक्षको दावेदारी रहेको बताउनु भयो ।
    वि.सं. २०३९ फागुन ७ गते बुबा पुष्पलाल मानन्धर र आमा बस्तमाया मानन्धरको कोखबाट जन्मनु भई आफ्नो वाल्यकाल जीवन काभ्रेको बनेपा विताउनु भएको थियो ।
    स्नातकोत्तरसम्मको अध्ययन गर्नु भएका मानन्धर जेसीजका अलवामा विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गर्दै आउनु भएको छ । काभ्रे उद्योग वाणिज्य संघका सदस्य, बिबिसी क्लब बनेपाका सदस्य, आदर्श साकोसका संस्थापक अध्यक्षमा रहेर आफ्नो कार्यकुलता पर्दशन गरिसक्नु भएको छ ।
    २००९ सालबाट काभ्रे जेसीजबाट जेसीज यात्रामा होमिनु भएका मानन्धर त्यसयता निरन्तर रुपमा जेसीजमा रहेर काम गर्ने अवसर पाउनु भएको छ । सन २०१० काभ्रे जेसीजको उपाध्यक्ष, २०१२ कार्यकारीणी उपाध्यक्ष, २०१४ मा महासचिव र २०१५ मा काभ्रे शाखाको अध्यक्षमा रहेर नेतृत्व गरिसक्नु भएको थियो ।
    सन २०१६ नेपाल जेसीजले आइटी चेयर मेनको जिम्मेवारी प्रदान गरेको थियो । २०१७ मा निर्वाचित उपाध्यक्ष हुनु भएका मानन्धर सोही वर्ष ‘मे’ महिनामा उत्कृष्ट अफिसरको अवार्ड प्राप्त गर्नु भयो । भैरहवामा भएको ४४ औँ महाधिवेशनमा वर्ष २०१८ का लागि कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएका उहाँ पुनः जुन महिनामा उत्कृष्ट अवार्ड प्राप्त गर्नु भयो । साथै वर्ष २०१८ मा मानन्धरलाई अन्तराष्ट्रिय क्षेत्रको कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । शालिन र लगनशिलका पर्याय मानन्धरले क्षेत्र ‘क’ को निरुपित उपाध्यक्षमा रहेर जिम्मेवारी सम्हाल्नु भएको थियो । सन २०११ देखिका हरेक महाधिवेशनमा सक्रिय सहभागिता जनाउनु भएका मानन्धरले वर्ष २०१८ मा जापानमा भएको एसिया प्यासिफक कन्फरेन्समा सहभागिता जनाउनु भएको छ । मानन्धर प्रिन्टिङ व्यवसायि हुनुहुन्छ । उहाँले काभ्रेमा आदर्श फ्ल्यक्स प्रिन्ट सञ्चालन गर्दै आउनु भएको छ ।

    सन् १९७७ मा काठमाडौं जेसीजको मातृत्वमा स्थापित यस काभ्रे जेसीजले विभिन्न कालखण्डमा नेपाल जेसीजको विभिन्न पदहरुको जिम्मेवारी सम्हालिसकेको छ र अब नेतृत्व सम्हाल्ने बेला आएर विकास मानन्धरलाई अघि सारिएको शाखाका पूर्व अध्यक्ष सिनेटर राजेशकुमार श्रेष्ठले बताउनु भयो । कार्यकारिणी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपाध्यक्षमा रहेर जेसीज अभियानमा आफ्नो प्रस्तुती देखाइसकेको काभ्रेका लागि जेसीजको नेतृत्व गर्ने पालो आएको सिनेठर श्रेष्ठले बताउनु भयो ।      काभ्रे जेसीजको मातृत्वमा काभ्रे महिला, पनौती, धुलिखेल, काठमाडौं लेडी, चम्पापुर र बनेपा जुनियर जेसीज गरी छ वटा शाखालाई मातृत्व प्रदान गर्न सफल भएको बताउँदै श्रेष्ठले नेपाल जेसीजको वर्ष २०१९ को लागि जनकपुरमा हुने ४५ औं राष्ट्रिय महाधिवेशमा राष्ट्रिय अध्यक्ष पदका उम्मेदवारका रुपमा विकास मानन्धरलाई अघि सारिएको स्पष्ट पानु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…