• काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निम्न वर्गका असहाय बालबालिकालाई उच्च र प्राविधिक शिक्षा अध्ययनमा राज्यले विशेष सुविधा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

    ‘ज्योतिको घर नेपाल’को नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहारा नभएका निम्न वर्ग र समुदायका मानिसलाई राज्यले हेर्नुपर्ने भन्दै सोहीअनुसार सरकारले आजदेखि सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको बताउनुभयो ।

    संविधानले प्रदत्त गरेका सबै मौलिक अधिकार कार्यान्वयन गर्न मुलुक समृद्ध हुनुपर्ने उल्लेख गर्दै नेता नेपालले हरेक नागरिकले अधिकारको खोजीसँगै जिम्मेवारी र दायित्व पनि बोध गर्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सो संस्थाले अल्पसङ्ख्यक तथा अनाथ बालबालिकाको शिक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै यसमा सबैको सहयोगका आवश्यकता पर्नेमा जोड दिनुभयो ।

    नेपाली चलचित्रका क्षेत्रका महानायक राजेश हमालले सामाजिक र आर्थिक चुनौतीको सामना गरिरहेका बालबालिकाको प्रतिभा उजागर गर्न ज्योतिको घर नेपालजस्ता समाजसेवी संस्थाको ठूलो योगदान रहेको बताउनुभयो ।

    कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका पूर्वअध्यक्ष डिल्लीराम गिरी, युरोपियन युनियनका प्रतिनिधि शिव भण्डारी, संस्थापक अध्यक्ष राजु सुन्दासलगायतले मुलुकको उज्ज्वल भविष्यका लागि राज्यले बालबालिकाको शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    ‘ज्योतिको घर नेपाल’ ले ५०० भन्दा बढी वादी, चेपाङ, भूकम्पपीडित, अनाथ बालबालिकालाई छात्रावाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको आयोजकले जनाएको छ । कार्यक्रममा यस क्षेत्रमा योगदान पु¥याउने सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा वादी, आमाको घर नेपालका संस्थापक दिलशोभा श्रेष्ठलगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…