• काठमाडौं । सामाजिक सञ्जालमा 'मि टु' को चर्चा कम भइरहँदा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन हिंसाको आरोप लागेको छ ।

    युवासंघकी पूर्वकेन्द्रिय सदस्य र प्रधानमन्त्री सचिवालयको अधिकृतसम्म भइसकेकी बालिका खड्काले राईलाई उक्त आरोप लगाएकी हुन् । राईले गरेको यौन हिंसाबारे उजुरी गर्दा उनलाई प्रधानमन्त्रीको सचिवालयसँगै युवासंघको केन्द्रिय सदस्यबाट पनि निकालिएको उनको भनाइ छ ।

    राईले आफूलाई मेसेजमार्फत र प्रत्यक्ष रूपमा बारम्बार यौन दूर्व्यवहार गरेको बालिकाको आरोप छ । यतिमात्र होइन, विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति भएको समयमा शितलनिवासमै राईले आफूलाई यौन दुव्र्यवहार गरेको बालिकाले बताइन् ।

    बालिकाले राईले आफूमाथि गरेको यौन हिंसाबारे पार्टी कार्यालयमा निवेदन दायर गरेकी छन् । यसलाई आरोप नभएर सत्य घटनामा आधारित भएको उनको जिकिर छ । घटना सत्य नभइदिएको भए आफू शक्तिशाली स्थानामा हुँदा हुँदै पनि यस घटनालाई कोट्याएर प्रोत्साहन गर्ने रहर नहुने उनले बताइन् ।

    नेपाल आजलाई दिएको अन्तर्वार्तामा बालिकाले आफ्नो शंवेदनशील अंगमा शेरधनले हात हालेको बताएकी छन् । राई मन्त्री हुनु अघि नै घटना भएपनि बालिकाले योे कुराबारे अहिले आएर मुख खोलेकी हुन् ।

    बच्चामा माओवादीबाट प्रभावित भएकी बालिकाले एमालेबााट औपचारिक रूपमा राजनीतिमा होमिइन् । गाउँ फर्किएर गाउँबाट सक्रिय राजनीतिको सुरुवात गरिन् र गाउँपार्टीे कमिटीको उपसचिव, पार्टीको क्षेत्रीय कमिटी सदस्य, युवासंघको केन्द्रको विभाग हुँदै निर्वाचित केन्द्रीय सदस्य, महिला युथफोर्सको केन्द्रीय सचिव र प्रधानमन्त्रीको स्वकीय अधिकृत भएर काम गर्ने मौका पाइन् ।

    आफूले राईलाई नेताको रूपमा हेरेपनि राइले आफूलाई नेता नभई नराम्रो नजरले हेर्ने गरेको र पछि आफूूसँग अस्वभाविक र हिंसात्मक भएको बालिकाले बताइन् ।

    उनी युवासंघको केन्द्रीय सदस्य हुँदा राईलाई युुवासँघमा पार्टीले इन्चार्ज बनाएर पठाएको रहेछ । बालिकाको अनुसार त्यहीँ उनीहरूको पहिलो भेट भयो । पहिलो भेट पछि राईसँगका भेटहरू बालिकालाई पनि रोचक लाग्न थाल्यो । तर पछि राई आफूसँग अस्वभाविक र अव्यवहारिक ढंंगले प्रस्तुत भएको बालिकाको कथन छ ।

    विद्यादेवी भण्डारी राष्ट्रपति भएको दिन शितल निवासमै राईले यौैन हिंसामा परेकोसुनाउँदै उनले राईले आफ्नो संंवेदनशील अंगमा हात छोएको र अश्लिल व्यवहार गरेको बताइन् । यसअघि उनले भनिन्, -उहाँले सबै पार्टी कार्यकर्ताहरूकै अघि त्यस्तो अभद्र व्यवहार गरेपछि कसैले केही भन्न पनि सकेनन् । मैले पनि केही भन्न सकिन । त्यतिबेला मलाई एकदम पीडाले पोल्यो । एउटा व्यवहारिक र परिपक्क व्यत्तिबाट यस्तो भयो कुनै समय आउला भन्ने सोचेर पनि सहनुपर्ने बाध्यता थियो ।

    बालिकालाई सुरूमा त राई अविवाहित हुन् भन्ने कुरा थाहा थिएन । पछि थाहा भइसकेपछि दुईबीच प्रेम हुन थाल्यो । तर, अहिले आएर त्यो प्रेम नभएर यौैन हिंसा भएको बालिकाको बुझाइ छ ।

     

    राईले व्यवहारमा आफूलाई प्रेमीका या श्रीमतीजस्तो व्यवहार गरेको तर सम्बन्धबारे केही निष्कर्ष ननिकालेको या भनौं सम्बन्धलाई कुनै पनि नाम दिन नसकेको बालिकाले बताइन् । त्यसक्रममा राईले बालिकालाई सांकेतिक मेसेज पठाउन थाले । जुन सांकेतिक मेसेज यौन हिंसाभित्र पर्छन् ।

    राईविरूद्ध निवेदन दायर गरिसकेपछि प्रधानमन्त्रीले पनि एकहोरो आफूलाईमात्र गाली गरेको बालिकाले बताइन् । न्यायको लागि उनले पार्टीका उच्च पदस्थ व्यक्तिहरु झलनाथ खनाल, माधवकुमार नेपाल,वामदेव गौतमलाई पनि भेटिन् । तर सबैले यस कुुरामा उनीहरू दुवै उत्तिकै जिम्मेवार भएको बताए । सबैले बालिकालाई यो कुरा पार्टी अध्यक्षसँग गएर भन्न सुझाए ।

    बालिकाले राईले गरेको यौन हिंसाको उजुरी प्रहरीमा पनि दिइन् । तर, प्रहरीले उक्त उजुरी लिन मानेन । राईसँगै सल्लाह गरेर घटना मिलाउनु भन्ने प्रहरीले जवाफ दियो । त्यसपछि उनी बारम्बार प्रधानमन्त्री, राष्टपतिलाई भेट्न धाइरहेकी छिन् । तर कोही पनि उनलाई भेट्न चाहँदैनन् ।

    https://www.youtube.com/watch?v=OAYexF7_cRo&t=430s

    राईले गरेको यौन हिंसाको प्रमाणका आधार देखाउँदै उनले भनिन् ,-प्रमाणित गर्न सक्छु किनभने मलाई जागिरबाट निकालिएको छ । केही सम्बन्ध नभइ एक्कासी मलाई त्यो सिफारिस गर्दैन थिए होला । जब म प्रधानमन्त्रीको सचिवालयमा पुगेँ त्यहाँ नै मलाई धेरै यातना दिइयो । म पूर्णतः विश्वस्त छु कि ममाथि अन्याय, हिंसा भएकै हो र म गलत साबित हुने छैन ।नेपाल आजमा समाचार छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…