• झापा । बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारीले नेपाल जेसीज वर्ष २०१९ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।
    जनकपुरमा हुन लागेको नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वका लागि उहाँले अध्यक्ष पदका लागि आफुलाई अघि सार्नु भएको हो । नेपाल जेसीजका पूर्व उपाध्यक्ष समेत रहनु भएका राजभण्डारीले जेसीजलाई नेपालका युवाहरुको भरोसा योग्य संस्था बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उम्मेदवारी दर्ता गरेसँगै आफ्नो प्रचार अभियानलाई तिब्र रुपमा बढाउनु भएका राजभण्डारीले युवाहरुलाई व्यवसायी बन्न उत्प्रेरीत गर्दै नेपाल जेसीजको सचिवालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउने मुख्य लक्ष्य रहेको बताउनु भयो । प्रचार प्रसार अभियानका क्रममा रातोकलम अनलाइनसँगको टेलीफोन कुराकानीमा अध्यक्ष पदका उम्मेदवार राजभण्डारीले लामो समयदेखि जेसीजमा रहेर यसभित्रका हरेक अनुभवहरु सङ्गालेकाले आफ्नो अनुभवलाई नेतृत्वद्धारा देशभर चलायमान बनाउने बताउनु भयो ।
    साथै उहाँले नेतृत्व र व्यक्तित्व विकासका लागि क्रियाशील यस संस्थामा आबद्ध हरेक युवाहरुलाई विभिन्न तालिम र प्रशिक्षणद्धारा थप प्रोत्साहित गर्दै युवामैत्री व्यवसायमा उत्प्रेरीत गर्ने बताउनु भयो ।
    २००२ सालबाट बागलुङ जेसीजको साधारण सदस्यता लिनु भएका राजभण्डारी त्यसयता निरन्तर जेसीजमा आबद्ध रहेर काम गर्नु भएको छ ।
    १६ वर्षको लामो जेसीज यात्रामा अध्यक्षको दावेदारीको रुपमा अगाडी आउनु भएको छ ।
    सन २००५ मा शाखाको महासचिव, २००६ मा कार्यकारीणी उपाध्यक्ष र २०१० मा शाखाको अध्यक्षमा रहेर कुशल नेतृत्व गर्नु भएको थियो । सोही कुशल नेतृत्वको प्रभावले सोही वर्ष नेपाल जेसीजबाट उत्कृष्ट अध्यक्षको तारा अवार्डबाट पुरस्कृत समेत हुनु भएको थियो ।
    सन २०११ मा राष्ट्रिय उपाध्यक्ष, २०१२ मा आइटी प्रोगाम कोडिनेटर र २०१४ मा कानुनी सल्लाहकारको जिम्मेवारी बहन गर्नु भएको थियो ।
    बागलुङ जेसीजको आथित्यतामा सम्पन्न ४० औँ राष्ट्रिय महाधिवेशनको उपनिर्देशकमा समेत रहेर उहाँले आफ्नो कार्यकुशलता प्रर्दशन गर्नु भएको थियो । जेसीज संस्था बाहेक अन्य विभिन्न सामाजिक संघ संस्थामा आबद्ध ग्रीन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयमा कर्जा तथा सञ्चालन प्रमुखमा रहेर काम गर्दै आउनु भएका राजभण्डारी नेपाल भाषा मंका खल बागलुङको सचिव, शंखधर बहुमुखी सहकारी संस्थाको लेखा संयोजक, कम्प्युटर एशोसियसन नेपाल महासंघ गण्डकी प्रदेशको सचिव, सिवाइसी लघुवित्त विकास बैंकको संस्थापक, शुभम इन्टरप्राइजेज ९झोला तथा ड्रेस उत्पादन कम्पनी० को सञ्चालक, सिद्धार्थ शिक्षा सदन बागलुङको सञ्चालक लगायतका संघ संस्थामा आबद्ध हुनुहुन्छ । जेसीजमा आबद्ध भएयता विभिन्न तालिमहरुमा प्रशिक्षकको जिम्मेवारी बहन गर्नु भएका राजभण्डारीले आफ्नो उम्मेदवारी अहिलेको आवश्यकता र समयसापेक्ष रहेको बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…