• झापा । पथरी जेसीजको यो वर्षको जेसीज सप्ताह बुधवार सम्पन्न भइको छ । गत शुक्रवारबाट सुरु भएको सप्ताह मोटिभेशन स्पीच कार्यक्रम गरी सम्पन्न भएको हो । उक्त मोटिभेशन स्पीच नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम् पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंकरले दिनु भएको थियो ।

    शाखा अध्यक्ष टिकाविक्रम चौहानको सभापतित्व तथा मेयर दिलिपकुमार राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष अशोक शंकर, मातृ शाखा लेटाङ जेसीजका अध्यक्ष मनिष मगर, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, उर्लाबारी जेसीजका अध्यक्ष सचिन शाक्य, पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेललागयतको सहभागिता रहेको थियो । सोही अवसरमा सप्ताहमा सहयोग पुर्याउने व्यवसायी टेकबहादुर बस्नेतलाई सम्मान गरिएको थियो । यसैगरी, सप्ताह कार्यक्रमका विभिन्न विधाका संयोजकहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो । कदर पत्र पाउने संयोजकहरुमा अनु राई, प्रदिप फुयाल, सुमन कुरुङमाङ र टेकेन लिवाङ लिम्बू, सुवर्ण अधिकारी र मुल संयोजक दिपेश रिजाल रहेका छन् ।

    जेसीज सप्ताह अन्तरगत अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, मैत्रीपूर्ण फुटबल प्रतियोगिता,
    वृक्षारोपण, सोमवार स्लो बाइक रेश, गरिव तथा जेहेन्दार विद्यार्र्थीलाई निःशुल्क कपडा वितरण, डस्विन वितरण, मोटिभेसन स्पीचलगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…