काठमाडौँ, ।
पहिचान र अधिकारको लािग, सम्पुर्ण आदिवासी जनजाति युवाहरु एक हौऔ भन्ने मुल नाराका साथ आदिवासी जनजाती युवा महासंघ नेपालले २ दिने युवा सम्मेलन आयोजना गरेको हो ।
एसियाका आदिवासीहरुको संस्था एआइपिपि को सहयोगमा उक्त सम्मेलन आयोजना गरिएको थियो । भेलालाई सफल बनाउन एआइपिपिका युवा संयोजक चारु विकाश त्रिपुरा थाइल्यण्डबाट सहभागी भएका थिए ।
पहिलो दिनको कार्यक्रममा जनजाती महासंघका अध्यक्ष जगत बराम, एआइपिपिका नेपाल सदस्य सोनी लामा, यु एन फोरमका उपाध्यक्ष फुलमान चौधरीको उपस्थित रहेको थियो /
उक्त सम्मेलनमा प्रादेशिक एव एकल जातिय संस्थाबाट युवाहरु सहभागी थिए ।