• माया तिमि गर्छौ भने
    मेरो लागि मर्छौ भने
    मायाको अर्थ वुझेर गर ......
    ला ... ला ... ला....
    सूनचाँदी होइन चोखो माया दिउँला
    तिम्रो दुःख सबै संगाली लिउँला.....भिडियो बुढासुब्बा डिजिटल प्रा.लि. बाट आज सार्वजनिक भएको छ ।

    नेपाली म्यूजिक भिडियो उद्योगका चल्तीका नायक नायिकाहरु रेखा फागो र निराजन प्रधानको अभिनयमा बनेको म्यूजिक भिडियोले एक पटक नेपाली संगीतप्रेमी पारखीहरुको मन वहलाउने निश्चित छ । पूर्वी नेपाल झापा चुलाचुलीका लोक र आधुनिक पप गीतका जिएम राई चुजी गायक तथा रचनाकार हुन् । जसले वर्षमा सकेसम्म एउटा गीत एउटा संगीत भर्छन् तर मन छुने वनाउछन् ।

    समकालीन म्यूजिक भिडियोका मुर्धन्य क्यामराम्यान अर्जुन तिवारीको छायाँकनमा गीतको शब्द संगीत पवन लामा र सम्पादन विकास धमलाले गरेका छन् । हालसम्म सयौ चलचित्र, म्यूजिक भिडियो र रंगमञ्चहरुमा राम्रा कोरियोग्राफरका रुपमा चिरपरिचित व्यक्तित्व दिनेश मान्मुको निर्देशनमा वनेको यो भिडियोबाट निर्देशक स्वय अपरम्पार खुशी छन् र उनले भनेका छन् : यो भिडियोले दर्शकको मन छुनेछ । यसका साथै यो वर्पभरी बनेका म्यूजिक भिडियोहरुमा यसले आफ्नो वेग्लै छाप छोड्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…