• काठमाडौँ, १३ मङ्सिर : नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका कार्यसमिति सदस्य कमल पौडेलमाथि भएको दुव्र्यहारप्रति भत्र्सना गरेको छ ।

    युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज जारी गर्नुभएको विज्ञप्तिमा पौडेलमाथि दुव्र्यवहार गर्दै फोनमा समेत धम्की दिइएकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘लाखौँ रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार प्रकाशित गरेको भन्दै ती महिलाले ९८५६०४०२३८ को मोबाइलबाट ज्यान मार्ने धम्की दिएको पत्रकार पौडेलले जानकारी दिएका छन् ।

    प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझे अदालतमा जानसक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको दुव्र्यवहार निन्दनीय रहेको युनियनले जनाएको छ । पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गरी निर्वाध समाचार सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…