• काठमाडौं । बार्सिलोनाका स्टार लियोनल मेस्सीले एउटै क्लबको लागि सबैभन्दा बढि गोल गर्ने किर्तिमानमा युभेन्टसका स्टार फुटबलर क्रिश्टीयानो रोनाल्डोेलाई उछिन्दै आफ्नो नाम दर्ता गराएका छन् ।

    मेस्सीले च्याम्पीयन्स लिग अन्तर्गत पिएसभी इन्डहोभेन विरुद्धको खेलमा ६१ औं मिनेटमा गोल गर्दै च्याम्पीयन्स लिगमा बार्सिलानाको लागि १०६ औं गोल गरेका थिए । यसअघि रोनाल्डोले रियल मेड्रिडको लागि च्याम्पीयन्स लिगमा १०५ गोल गरेका थिए ।

    हाल रियल मेड्रिडबाट युभेन्टस गएका रोनाल्डोको पुरानै क्लबमा फर्किने सम्भावना अति न्यून छ । यस्तोमा यो किर्तिमान मेस्सीकै नाममा लामै समय रहने पक्का भएको छ ।
    यस किर्तिमानमा पछि परेपनि च्याम्पीयन्स लिगको इतिहास १२१ गोल गर्दै सर्वाधिक गोल गर्ने किर्तिमानमा रोनाल्डोकै नाममा रहेको छ ।

    गोल मेसिन को उपनामले परिचित रोनाल्डो र मेस्सी आउनुअघि स्पेनका स्टार राउलले रियल मेड्रिड र स्काल्कको लागि खेल्ने क्रममा कुल ७१ गोल गर्दै सर्वाधिक च्यापीयन्स लिगमा सर्वाधिक गोलकर्ताको किर्तिमान राखेका थिए ।

    रोनाल्डोको किर्तिमान भंग गर्ने मेस्सीको उक्त गोल यस सिजनको १५ औं गोल हो । यो सँगै उनले १३ वटा सिजनमा १५ वा सो भन्दा बढि गोल गर्ने किर्तिमान पनि राखे ।
    मेस्सीकै असिस्टमा सोही खेलमा जेरार्ड पिकले अर्को गोल थपेका थिए । बार्सिलोनाले खेल २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

    बार्सिलोनाले अब ला लिगा अन्तर्गत सेभियासँग खेल्ने तालिका रहेको छ । त्यसपछि आगामी डिसेम्बर ११ मा च्यापीयन्स लिगको समुह चरणको अन्तिम खेलमा टोटनह्यामको सामना गर्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…