• झापा । बीएण्डसी अस्पतालको चरम लापर्वाहीका कारण मेचीनगर ५ का धनप्रसाद भण्डारीको निधन भएको छ । गत कात्तिक २३ गते मोटरसाइकल दुर्घटनामा परेका भण्डारीको बीएण्डसी अस्पतल विर्तामोडमा उपचार गराइरहेका थिए । दाइने खुट्टा भाँचिएर उपचार गराइरहेका भण्डारीको बिहिबार डिस्र्चाज गर्ने तयारी गरिएको थियो । तर, डिस्र्चाज हुने दिन नै उनको अचानक निधन भएपछि मेचीनगरबासीले अस्पतालप्रति आक्रोस पोखेका छन् । उनको निधन हुनुमा अस्पतालको लापर्वाही भएको स्थानीयले आरोप लगाएका छन् । २० दिन लामो उपचारको क्रममा अस्पतालमा रहेका भण्डारीको अन्य कुनै पनि ठाउँमा चोट थिएन । सामान्य वार्डमा उपचार गराइरहेका उनलाई भेट्न जाने मान्छेलाई समेत चाँडै निको भएर आउने बताउथे । तर, नतिजा ठिक उल्टो भइदियो । उनको निधन हुनुमा अस्पतालको लापर्वाही भएको परिवारले बताएका छन् । बिहिबार बिहान ८ बजे निधन भएपछि अस्पताल पुगेको मेचीनगर ५ का करिब ३ सय भन्दा बढीले मानिसहरुले मृत्यु हुनुका कारण खोजेका थिए । यता अस्पताल स्रोतले ह्दयघातका कारण उनको निधन भएको बताएको छ । उनको मृत्यु हुनसाथ अस्पताल पुगेका स्थानीयबासीले दिनभर अस्पतालसँग मृत्यु हुनुको कारण खोजेका थिए । अस्पतालबाट बेलुका ३ बजे मात्र उनलाई निकालिएको थियो । एनएमसी डेरीमा दुध विक्री गर्दै आएका भण्डारी भाइटिकाका दिन इलामको दानाबारीमा रहेकी दिदीको हातको टिका लगाएर फर्कने क्रममा मेचीनगर ८ सृजना चोकमा कारसँग दुर्घटनामा परेका थिए । उनको निधनले यतिबेला सिंगो गाउँ नै शोक मग्न बनेको छ । नेकपाका क्रियाशील सदस्य, मेचीनगर ५ का पूर्व नेकपा सदस्य भण्डारी
    विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध रहेका थिए । भण्डारीका ३ छोरा र १ छोरी रहेका छन् । उनको बिहिबार नै मेची अञ्चल अस्पतालमा पोष्मार्टम गरी घर ल्याइएको छ । उनको अन्त्यस्टी शुक्रवार गरिने पारिवारीक स्रोतले जनाएको छ ।

    मेचीनगर ५ कै सचिन श्रेष्ठको पनि गत जेठ १२ गते बीएण्सी अस्पतालमै उपचारको क्रममा निधन भएको थियो । सवारी दुर्घटनामै परेका सचिनको ५ दिन उपचार गराएपछि निधन भएको थियो । मोटरसाइकल दुर्घटनमा परेका सचिन उपचारपछि सामान्य अवस्थामा फर्किएका थिए । बिहान उठेर सबैसँग राम्रो बोलेका सचिनको मृत्यु पनि अस्पतालकै लापर्वाहीका कारण भएको परिवारले बताएका थिए । एउटै वार्डमा भएको एउटै प्रकृतिका यी दुई घटनाले बीएण्सीप्रतिको विश्वसनियतालाई घटाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…