• देबु बानियाँ
    झापा । म्याग्दी जेसीजको आयोजनामा जारी जिल्ला स्तरीय अन्तर मावि १७ औँ जेसीज कप अन्तरगत बिहिबार ४ वटा क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । बेनी बजारको खुल्ला मञ्चमा बिहिबार भएको प्रतियोगितामा वेस्ट आवसीय मावि, धौलागिरी मावि, केबी एकाडेमी र बेनी आवसीय माविले जित हासिँल गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । वेष्ट आ.मा.वि. ले बेनी सामुमदायिक माविलाई ३–१, दोस्रो खेलमा धौलागिरीले लिटिल गार्डेन एकाडेमीलाई ८–० को फराकिलो गोल अन्तरले, केबी एकाडेमीले माउण्ट एभरेष्ट आ. माविलाई ३–१ र बेनी माविले प्रकाश माविलाई ३–२ को स्पष्ट जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् । प्रतियोगितामा माउण्ट एभरेष्टले खेलको अनुशासनलाई भङ्ग गरेपछि आयोजकले अनुशासन विपरित खेलमा सहभागि भएको भन्दै नगद ५ सयसहित जरिवान गरेको थियो ।
    शुक्रवार हुने पहिलो सेमीफाइनल खेलमा धौलागिरी मावि र वेष्ट आ.मावि तथा दोस्रो सेमीफाइनल खेल बेनी मावि र केबी एकाडेमीबीच हुने आयोजक शाखाका अध्यक्ष कमल विश्वकर्माले बताउनु भयो । सेमीफाइनल विजेता टिमले शनिवार उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विजेता टिमले नगद ४० हजार, मेडल, ट्रर्फी र प्रमाण पत्र पाउनेछन् । उपविजेता हुने टिमले नगद २५ हजार मेडल, ट्रफी र प्रमाण पत्र पाउनेछन् । अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

    प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोवाइलका बेनी स्थित नरेश मोवाइलका सञ्चालक नरेश श्रेष्ठले एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ । जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ । नयाँ खेलाडी उत्पादन गर्दै फुटबललाई थप टेवा पुर्याउने उदेश्यका साथ विगत १७ वर्षदेखि आयोजना गर्दै आएको यो प्रतियोगिता जिल्लाकै विद्यालय स्तरको ठूलो र चर्चित प्रतियोगिता हो । बेनीका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतीमा उहाँका परिवारले स्थापना गर्नुभएको दुई लाख पचास हजार रुपैयाँको सन्तोष स्मृति अक्षयकोषले खेललाई सहयोग गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…