• देबु बानियाँ

    हेटौँडा, १३ मङ्सिर । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सबै नेपालीले आफ्नो उत्तरदायित्व बहन गरे मुलुकले चाँडै समृद्धि हासिल गर्नसक्ने बताउनु भएको छ ।

    नेपाल जेसीजको आयोजना तथा हेटौँडा जेसीजजको आतिथ्यतामा बिहिवारदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले विकास र समृद्धिका लागि नेपालमा धेरै सम्भावना रहेको हुँ दा समृद्ध राष्ट्र निर्माणका लागि सबैको सोच सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासँगै समाजका हरेक गतिविधिमा सक्रिय रहेर जेसीजले राष्ट्रलाई ठूलो योगदान दिएको बताउँदै समृद्ध देश निर्माणमा पनि उत्तिकै सहभागिता रहने कुरामा विश्वास व्यक्त गर्नु भयो ।
    मंसिर १६ गतेसम्म सञ्चालन हुने  प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ३० जनाको सहभागिता रहेको आतिथ्यता शाखा हेटौँडा जेसीजका अध्यक्ष रवि नेपालले जानकारी दिनुभयो । सहभागिलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेश दाहाल, शम्भु पोखरेलले प्रशिक्षण दिने राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रश्मि शिल्पकारले बताउनु भयो । राष्ट्रिय उपाध्यक्ष सुम्रिता शर्माको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त अनिलबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा सहभागिलाई राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिमका निर्देशक अरुणकुमार दाहालले स्वागत गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…