• मंशिर १३
    झापाको गौरादह नगरपालीकामा बहुमत अल्पमतको बिबाद छताछुल्ल भएको छ । नौ वटा रहेको नगरपालीकामा प्रमुख सहित तिन वटा वडामा कांग्रेसले जितेको छ भने ६ वटा वडा र उप प्रमुख सहित बहुमत तत्कालीन एमालेको पक्षमा रहेको छ । तत्कालीन नेकपा एमालेका झापा जिल्ला सचिवलाईनै नगर प्रमुखमा कांग्रेस उम्मेद्वारले नराम्ररी पराजित गरेपछि तत्कालीन एमालेमा भाँडभैलो भएको थियो । त्यसमाथि पनि पार्टि अध्यक्ष केपि ओलीको क्षेत्र, एमाले नेताहरु दिपक कार्की र हिक्मत कार्कीको गृह नगरमा नेपाली कांग्रेसका उम्मेद्वारले आफ्नै पार्टिका जिल्ला सचिवलाई धुलो चटाए देखीनै तत्कालीन एमालेको छटपटि सुरु भएको थियो ।

    नगरपालीकामा सुरुवातकै समय देखीनै बहुमतको नाममा एमाले बाट निर्वाचित जन प्रतिनिधिहरुले बिधि र प्रक्रिया मिचेर आफु खुशी निर्णय गर्ने कोशिस गरेका थिए । जनताले चुनेका नगर प्रमुखलाई बहुमतको आडमा रबर स्ट्याम्प बनाउने सुरु देखीनै एमालेको कोसिस रहेको थियो ।
    आज बिहिबारको नगर कार्यपालीका बैठकमा पनि काुननले दिएको नगर प्रमुखको अधिकारलाई मिचेर बहुमतले जे भन्छ नगर प्रमुखले त्यहि मान्नु पर्छ भनी एमाले पक्षका वडाध्यक्षहरुले बखेडा झिकेपछि बिबाद भएको थियो । आफु जनताको प्रतिनिधी भएको भन्दै नगर प्रमुख शाहले बहुमतकै आडमा जन बिरोधी निर्णय गर्न नदिने अडान लिएपछि बैठकमा बिबाद भएको थियो । बैठकमा एमाले पक्षले बहुमतको अडान नछाडेपछि नगर प्रमुख शाहले आजको बैठक स्थगित गर्नु भएको थियो । तर नेकपाका प्रतिनिधिहरुले उप प्रमुखको अध्यक्षतामा बैठक बसी बिभिन्न निर्णयहरु गरेको पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।

    आजको बैठकमा नगरपालीकाले जारी गर्ने शिक्षा नियमावलीको बिषयमा छलफल सुरु हुनासाथ त्यसमा रहेका धेरै बुँदामा शिक्षा सम्बद्ध पक्षले बिरोध जनाएको भन्दै नगर प्रमुखले संसोधन गरेर मात्रै पास गर्ने अडान लिएपछि उप प्रमुख पक्षले जस्ताको तस्तै पास गर्नु पर्ने अडान राखेका थिए । सोहि कुरामा बिबाद आएपछि नगर प्रमुख शाहले बैठक स्थगित भएको घोषणा गर्नु भएको थियो ।

    तर नेकपाका प्रतिनिधिले उप प्रमुख गिता भेटवालको अध्यक्षमा बैठक बसेर बिभिन्न निर्णय गरिएको भन्दै साँझ नगरपालीकामा पत्रकार सम्मेलन गरेका छन् ।
    शिक्षा नियमावलीमै बिबाद भएपछि नगर प्रमुखले स्थगित गरेको बैठक पछि उप प्रमुखको अध्यक्षतामा बसेको भनेको बैठकले शिक्षा नियमावली भने अर्को बैठकमा पेश गर्ने निर्णय गरेको जनाईएको छ ।
    नगर प्रमुख शाहले आजको बैठक आफुले स्थगित गरेको भन्दै त्यसपछि कसले कहाँ के गरे भन्ने बिषयमा आफुलाई जानकारी नभएको बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…