• झापा । विराटनगर जेसीजको जेसीज सप्ताह अन्तरगत बिहिवार अन्तर कलेज (कक्षा ११ र १२ ) वक्तृत्वकला प्रतियोगिताको उपाधी ग्रीन ल्याण्डकी सम्झना नेपालले जितेकी छिन् ।
    जेसीजको सचिवालयमा ‘समृद्ध नेपाल सुखी नेपाली’ विषयमा भएको प्रतियोगितामा विराटनगरका १८ जना प्रतियोगिहरुलाई पछि पार्दै नेपालले उपाधी जितेकी हुन् । प्रतियोगितामा एभरेष्ट कलेजकी विसजा खतिवडा दोस्रा, कान्तिपुर कलेजका रोजन अधिकारी तेस्रो र शिक्षादिप कलेजकी आइसा तुलाधर सान्तवना भए । उनीहरुलाई शुक्रवार साँझ हुने सप्ताहको समापनको विशेष समारोहमा पुरस्कार प्रदान गरिनेछ ।
    शाखा अध्यक्ष राजेन्द्र थपलियको सभापतित्व तथा शिक्षाविद दिनेश श्रेष्ठ प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् विराटनगर जेसीजका निवर्तमान अध्यक्ष श्याम सुन्दर पौडेल, (मिलन) विराटनगर जेसीजका पूर्व अध्यक्षहरु देवेश प्रधान, टिपि आचार्य र डाक्टर सन्देशदास श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखाका महासचिव देवचन्द्र घिमिरेले गर्नु भएको थियो । प्रतियोगिताको संयोजक बैजनाथ भगत र सप्ताहको मु्ल संयोजक सेवक बजगाई रहनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…